अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्यास अभावबारे राष्ट्रिय सभा अध्यक्षको रुलिङ, आपूर्ति सहज बनाउन सरकारलाई निर्देशन

ग्यास अभावबारे राष्ट्रिय सभा अध्यक्षको रुलिङ, आपूर्ति सहज बनाउन सरकारलाई निर्देशन


काठमाडौं-राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले ग्यास अभावका कारण उपभोक्ताले भोग्नुपरेको समस्याबारे लगातार आवाज उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन्।

बैठकमा अध्यक्ष दाहालले शून्य समय र विशेष समयमा माननीय सदस्यहरूले बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहेको उल्लेख गर्दै जनस्तरबाट पनि व्यापक गुनासो आएको बताए। उनले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री-वितरण सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना भएको भन्दै सर्वसाधारणले सास्ती भोग्नुपरेको र सांसदहरूले समेत सरकारको आलोचना गर्दै आएका छन्। ग्यासका लागि लामो लाइन बस्नुपर्ने, सहज रूपमा सिलिन्डर नपाइने तथा वितरण प्रणाली प्रभावकारी नभएको गुनासो बढ्दै गएको छ।

अध्यक्ष दाहालको रुलिङसँगै अब सरकारले ग्यास आपूर्तिको वास्तविक अवस्था, बजार अनुगमनका गतिविधि तथा अभाव समाधानका लागि चालिएका कदमबारे सदनलाई जानकारी गराउनुपर्ने अपेक्षा गरिएको छ। साथै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन ठोस र प्रभावकारी कदम चाल्न सरकारमाथि दबाब समेत बढेको छ।