काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.८१ अंकले बढेर बजार २६ सय ५१ दशमलव २१ को बिन्दुमा बन्द भएको हो। आज ३ अर्ब ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ, भने १ करोड २ लाख २५ हजार कित्ता शेयर किनबेच भएको छ। आज ३४७ कम्पनी कारोबारमा आउँदा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेरसँगै १९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, एनआएनको १६ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी सर्वाेत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, माउन्ट एभरेष्ट पावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.४५ प्रतिशतका दरले गुमाएका हुन्।


प्रतिक्रिया