अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ काराेबार ?


काठमाडौँ-स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १३ हजार ४०० कायम भएको छ। असली चाँदीको मूल्य प्रतितोला रु ४ हजार ८५५ निर्धारण भएको छ।

हिजो छापावाल सुन प्रतितोला रु ३ लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु ४ हजार ५९५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।