विराटनगर-कोशी प्रदेश सरकारले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विपद्को यस घडीमा प्रदेश सरकार आफ्नोतर्फबाट राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध छ।
मन्त्री शेर्पाले बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरिएको बताए।
मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।


प्रतिक्रिया