अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको पुनर्निर्माण कोषमा सहयोग गर्छौं: शंकर पोखरेल

सरकारको पुनर्निर्माण कोषमा सहयोग गर्छौं: शंकर पोखरेल


काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले महाविपद्को सामना गर्न पार्टीले आफ्नो सम्पूर्ण सामर्थ्य परिचालन गर्ने बताएका छन्। महासचिव पोखरेलले विपद्बाट प्रभावित क्षेत्रमा एमाले उद्धार तथा राहतका काममा सक्रियतापूर्वक जुटिरहेको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले विपद्बाट प्रभावित नागरिकको जनजीवन सहज बनाउन पार्टी अग्रमोर्चामा रहेर खटिने बताए। उनले संकटको यस घडीमा नागरिकको साथमा उभिन एमाले प्रतिबद्ध रहेको स्पष्ट पारे।

महासचिव पोखरेलले उद्धार र राहतका कार्यक्रमसँगै आगामी पुनर्निर्माणको राष्ट्रिय अभियानमा पनि एमालेले सक्रिय योगदान पुर्‍याउने जानकारी दिए। सरकारद्वारा स्थापना गरिने पुनर्निर्माण कोषमा पार्टीका तर्फबाट आर्थिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

‘नेकपा (एमाले) उद्धार र राहतका काममा सक्रियतापूर्वक जुटिरहेको छ। विपद्बाट प्रभावित नागरिकको जीवन सहज बनाउन पार्टी आफ्नो सम्पूर्ण सामर्थ्यका साथ अघि बढ्नेछ,’ महासचिव पोखरेलले भनेका छन्।

विपद्को यस विषम परिस्थितिमा सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै उनले विपद्को सामना सामूहिक प्रयासबाट गर्नुपर्ने र पुनर्निर्माणको अभियान पनि मिलेर अघि बढाउनुपर्ने बताएका छन्। ‘विपद्को सामना एकताबद्ध भएर गरौँ, पुनर्निर्माण पनि मिलेर अघि बढाऔँ,’ उनले आग्रह गरेका छन्।