अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जलवायु परिवर्तनको असरले ल्यायो भोटेकोशीको विनाशकारी बाढी: प्रधानमन्त्री शाह (पूर्णपाठ)

जलवायु परिवर्तनको असरले ल्यायो भोटेकोशीको विनाशकारी बाढी: प्रधानमन्त्री शाह (पूर्णपाठ)


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्पछि आफ्ना नागरिकको ज्यान जोगाउन सरकार हरसम्भव प्रयासमा जुटिरहेको बताए। उनका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्।

प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ तथा हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिको परिणाम भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता जोखिम झन् बढ्दै गएको बताए। उनले जलवायु परिवर्तनले निम्त्याउने विपद्का विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष थप सशक्त रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए।

‘जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदानको परिणाम हो र यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो,’ प्रधानमन्त्री शाहले संसद्मा भने।

संसद्को रोस्ट्रमबाट सम्बोधन गर्दै उनले बाढीपछिका उद्धार, राहत र उपचारका कामबारे जानकारी गराएका थिए। साथै सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार तथा घरबारविहीन बनेका परिवारको अस्थायी र दीर्घकालीन पुनर्स्थापनाको कामलाई सरकारले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

‘सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार र घरबारविहीनको पुनर्स्थापनाको काम सरकारले निरन्तर अघि बढाउनेछ। कोही पनि छुट्ने छैन,’ प्रधानमन्त्री शाहले भने।

यस्ताे छ पूर्णपाठ :