काठमाडौँ-श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ कहिले दिने हुन् भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद राईले सरकार र सरकार प्रमुखले संसद्प्रति पूरा गर्नुपर्ने जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरे ।
उनले सभामुखमार्फत प्रधानमन्त्री र सरकारसँग जवाफ माग्दै भने, ‘सदनमा सभामुखमार्फत सोध्न चाहन्छु, सरकार र सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ ?’
सांसद राईले यसअघि गत १० गते उठाइएको विषयमा समेत अहिलेसम्म जवाफ नआएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले संसद्मा उठेका प्रश्नको जवाफ दिने र सांसदहरूप्रति उत्तरदायी हुने विषयमा सरकारले गम्भीरता देखाउनुपर्ने बताए।



प्रतिक्रिया