काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
अध्यक्ष ओली आइतबार खनाल उपचाररत ह्याम्स अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
स्वास्थ्यमा समस्या देखिएपछि खनाल आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। उनको मुटुमा समस्या देखिएको र हाल अवस्था सामान्य रहेको खनालको सचिवालयले जनाएको छ।




प्रतिक्रिया