अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विप्लव नेकपा सहित ४ पार्टीले संयुक्त मोर्चाको घोषणा गर्ने

विप्लव नेकपा सहित ४ पार्टीले संयुक्त मोर्चाको घोषणा गर्ने

appharu
0
Shares

काठमाडौं । सत्ता बाहिर रहेका ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गर्ने भएका छन।

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको
नेकपाबीच संयुक्त रणनैतिक मोर्चा घोषणा हुन लागेको हो।

नेकपा स्रोतका अनुसार यहि माघ २९ गते संयुक्त मोर्चाको घोषणा गरिने छ। त्यसका लागि प्रज्ञाभवनमा बिहिबार १२ः३० बजे कार्यक्रम राखिएको छ।

सो कार्यक्रम मार्फत ४ पार्टीको रणनीतिक संयुक्त मोर्चाको अवधारणा पत्र र संघर्षका कार्यक्रम घोषणा गरिने छ।

प्रतिनिधिसभा विघटनपछि ४ वटै कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु रणनीतिक मोर्चा निर्माणका लागि सहमत भएको जनाएका थिए।