अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५ सय रुपैयाँले घट्यो सुनको मूल्य

५ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ-शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको हो । 

अघिल्लो दिन छापावाला सुनको प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख २ हजार रुपैयाँ कायम भएको हो ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा १० रुपैयाँले घट्दै १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।