अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारीमा माओवादी, स्थायी कमिटी बैठक बोलाइयो

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारीमा माओवादी, स्थायी कमिटी बैठक बोलाइयो


काठमाडौं– माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला मंगलबार स्थायी कमिटी बैठक बोलाइएको हो । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा ​बिहान ८ बजेका लागि बैठक राखिएको बताउनुभयो । उहाँले बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताउनुभयो ।

फागुन २३ को सर्वोच्चको फैसलाअनुसार नेकपाको पार्टी एकता बदर भएर पूर्ववत् अवस्थामा एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि माओवादी केन्द्र पार्टीको संगठनात्मक संरचना निर्माणदेखि पार्टीको पछिल्लो राजनीतिक धारणा बनाउन जुट्दै आएको छ ।