अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भीम रावलसहित तीनजनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी, ३० लाख रकम व्यक्तिको नाममा राखेको पुष्टि

भीम रावलसहित तीनजनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी, ३० लाख रकम व्यक्तिको नाममा राखेको पुष्टि


धनगढी– तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम व्यक्तिको खातामा रकमान्तर गरेको पुष्टि भएको छ । कृषि विकास बैंकले तत्कालिन एमालेलाई पत्र लेख्दै प्रदेश पार्टी कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीको खातामा पार्टीको ३० लाख रकम रहेको पुष्टि गरेको छ ।

प्रदेश अध्यक्ष कर्ण थापालाई जानकारी नगराई गत पुस १३ गते कृषि विकास बैंकबाट ३० लाख रकम झिकिएको थियो । कृषि विकास बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट ३० लाख रकम सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरिएको कृषि विकास बैङ्क धनगढी शाखाले नै पुष्टि गरेको छ।

साबिक नेकपा प्रदेश अध्यक्ष कर्ण थापा,सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्था गरिएको थियो ।

नेकपामा विवाद बढेपछि प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा चौधरी र सुवेदीको हस्ताक्षरले पार्टीको रकम निकालिएको प्रदेश अध्यक्ष थापाको आरोप छ ।

थापाले पार्टीको रकम व्यक्तिको खातामा राख्न लगाएको भन्दै एमाले नेता भीम रावल लगायतलाई मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।