अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले नेता चौलागाईँको पशुपति आर्यघाटमा अन्त्येष्टि

एमाले नेता चौलागाईँको पशुपति आर्यघाटमा अन्त्येष्टि


काठमाडौं– नेकपा एमालेका नेता पशुपति चौलागाईंको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

वाग्मती प्रदेश सभा सदस्य समेत रहनुुभएका एमाले केन्द्रीय सदस्य चौलागाईंको कोरोना संक्रमणका कारण मंगलबार राति निधन भएको हो ।

बुुधबार बिहान नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । त्यस्तै पार्टी नेता अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

सञ्चारमन्त्री गुरुङले नेता चौलागाईंको निधन प्रति गहिरो दुुःख व्यक्त गर्नुुभएको छ । गुरुङले दोलखाली जनताले आफ्नो प्यारो नेता गुुमाएको तथा नेपालको कम्युनिष्ट आन्दोलन र आफूूहरुले भद्र, शालीन, बौद्धिक अभिभावक गुमाउनु परेको बताउनुभयो ।

पशुपति आर्यघाटमा गरिएको अन्त्येष्टिमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’, एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

नेता चौलागाईंदोलखा ‘ख’ बाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुुभएको थियो । उहाँ दोस्रो संविधान सभामा संविधान सभा सदस्य हुुनुुहुन्थ्यो । चौलागाईं २०५६ सालमा प्रतिनिधि सभा सदस्यसमेत हुनुुहुन्थ्यो ।

पार्टी भित्र र बाहिर भद्र, शालीन र बौद्धिक व्यक्तित्वको रुपमा परिचित चौलागाईं युवा संघ नेपालका पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो । स्वर्गीय नेता चौलागाईंका श्रीमती, एक छोरा र दुुई छोरी हुुनुुहुुन्छ ।