अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रदेश नं २,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिममा आज भारी बर्षा हुने

प्रदेश नं २,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिममा आज भारी बर्षा हुने


काठमाडौं-आज देशका धेरै स्थानमा बर्षा हुने र पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। यस्तै प्रदेश नम्बर २ का ेही स्थानमा ममेघगर्जन चट्टयाङसहित वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बिहीबारसम्मै वर्षाको सम्भावना छ। धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र विभिन्न प्रदेशका केही स्थानमा स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले अहिले विहान बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ देशका धेरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।