अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोरोनाको झैँ प्रतिगमनको पनि ‘नयाँ भेरिएन्ट’ आउने बाबुरामको चेतावनी

कोरोनाको झैँ प्रतिगमनको पनि ‘नयाँ भेरिएन्ट’ आउने बाबुरामको चेतावनी


काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोनाको झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने चेतावनी दिनुभको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा भट्टराईले पछिल्लो समय नेपालमा परिवर्तनका उपलब्धि उल्ट्याउने, गणतन्त्र र संघीयतामाथि धावा बोल्ने तत्वहरु सक्रिय हुँदै गएकोतर्फ इंगित गर्दै उक्त चेतावनी दिनुभएको हो ।

‘पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोश्रो चाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ ।’

उहाँले ढुक्क भएर आफ्नै विगतका गुट वा पार्टीमा नफर्कन समेत आग्रह गर्नुभएको छ । पछिल्लो समय नेकपा एमालेमा एकता प्रयास जारी रहेका बेला उहाँको यो भनाइले पार्टीहरु एकता हुन नहुनेतर्फ इंगित गरेको छ ।