अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आजदेखि अस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै, काठमाडौंमा १४४ वटा केन्द्र

आजदेखि अस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै, काठमाडौंमा १४४ वटा केन्द्र


काठमाडौं– कोभिसिल्ड खोपको दोस्रो डोजको प्रतीक्षामा रहेका ज्येष्ठ नागरिकलाई आजदेखि अस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको छ ।

गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य १४ लाख व्यक्तिलाई जापान र भूटानले उपलब्ध गराएको खोप अस्ट्राजेनेका लगाउन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिसिल्डको दोस्रो डोज १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि वैकल्पिक खोप दिन थालिएको हो । कोभिसिल्ड लगाएकालाई अस्ट्राजेनेकाले काम गर्दछ ।

दोस्रो डोज लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरिएको छ । मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई पनि एस्ट्राजेनका खोप दिने भएको छ ।

काठमाडौंमा १४४ वटा खोप केन्द्र तोकिएको छ।