अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक

नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक


काठमाडौं-अत्तरखेल काठमाडौंमा रहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गरी विभिन्न पदहरुमा विशेषज्ञ चिकित्सक मागेको हो।

कलेजले प्राध्यापक, सह-प्रध्यापक, सहायक प्राध्यापक र लेक्चर पदमा काम गर्न जनशक्ति माग गरेको जनाएको छ। कलेजले नवजात विज्ञान, इन्टर्नल मेडिसिन, छाला रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फोरेन्सिक मेडिसिनमा जनशक्ति माग गरेको छ। यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, स्टोर असिस्टेन्ट, रेडियो असिस्टेन्ट माग गरेको छ।

योग्यता पुगेका उम्मेदरवारले २०८२ जेठ ३ गते भित्र आ–आफ्नो व्यक्तिगत बायोडाटा इमेल मार्फत पेश गर्नुपर्ने बताइएको छ। कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति माग गरिएको हो।