अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रेशम चौधरी रिहा नभए भूमिगत आन्दोलन गर्ने थारु अगुवाहरूको चेतावनी

रेशम चौधरी रिहा नभए भूमिगत आन्दोलन गर्ने थारु अगुवाहरूको चेतावनी


काठमाडौं– थारु अगुवाहरूले जेलमा रहेका रेशम चौधरीलाई जनता समाजवादी पार्टी नेपालले राजनीतिक रूपमा प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

थरूहट थारुवान राष्ट्रिय मोर्चाले ‘टीकापुर थरूहट थारुवान विद्रोहको ६ वर्ष’ विषयमा आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्ने थरूहटका अगुवाहरुले टीकापुरमा भएको आन्दोलनले गर्दा धेरै मन्त्री र सांसद भएपनि थारुको समस्या भने ज्यूँकात्यूँ रहेको आरोप लगाउनुभयो ।

रेशम चौधरी रिहाइ अभियानमा लागेका सुरेन्द्र चौधरीले रेशमको नाममा राजनीति भएको भन्दै आक्रोश पोख्नुभयो । ‘टीकापुर घटनाले गर्दा रेशम चौधरी जेलमा हुनुहुन्छ तर बाहिर उहाँको नाममा राजनीतिक भइरहेको छ,’ उहाँले भन्नुभयो ।

जसपाको महन्थ ठाकुर पक्षले रेशम चौधरीको एजेण्डा बोकेर तत्कालीन केपी ओली सरकारमा सहभागी भए पनि कुनै उपलब्धि हुन नसकेको बताउनुभयो ।

निर्वाचन आयोग जसपा नेपालको आधिकारिकताको मतदान हुँदा रेशम चौधरीको तानातान हुँदा आफूलाई आश्चर्य लागेको पनि बताउनुभयो ।

थारुहरूले शान्तिपूर्ण तरिकाले आफ्नो अधिकार लिन चाहेको भन्दै सुरेन्द्र चौधरीले रेशलाई नछाडिए थारु युवाहरू भूमिगत आन्दोलन गर्न तयार रहेको चेतावनीसमेत दिनुभयो । ‘हामी शान्तिपूर्ण आन्दोलन गर्न चाहन्छौं, तर रेशम चौधरीलाई छाडिएन भने अर्को तरिकाको आन्दोलन गर्न पनि तयार छौँ,’ उहाँले भन्नुभयो ।

थरूहट थारुवान राष्ट्रिय मोर्चाले भदौ १ गतेदेखि सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । भदौ १ गतेदेखि माइतीघरमा प्रदर्शन गर्ने र भदौ ६-७ गते विद्रोह दिवस मनाउने घोषणा गरिएको छ ।