अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रास्वपा नेताहरू र चिनियाँ दूतावासको टोलीबीच भेटवार्ता

रास्वपा नेताहरू र चिनियाँ दूतावासको टोलीबीच भेटवार्ता


काठमाडौं – नेपालस्थित चिनियाँ दूतावासाको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग भेटघाट गरेको छ।

रास्वपा केन्द्रीय कार्यालय बसुन्धारामा बिहीबार चिनियाँ दूतावासका डिसिएम  श्री वाङ शिनसहितको टोलीले रास्वपा नेताहरूसँग भेटवार्ता गरेको हो। 

भेटमा पार्टीका उपसभापति डोल प्रसाद अर्याल,  सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायत उपस्थिति हुनुहुन्थ्यो ।

भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ।