अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बोर्डले सेन्सर सिफारिस रोकेपछि झरना थापाले भन्नुभयो–मर्नु न बाच्नुको पीडा भइरहेको छ

बोर्डले सेन्सर सिफारिस रोकेपछि झरना थापाले भन्नुभयो–मर्नु न बाच्नुको पीडा भइरहेको छ


काठमाडौँ–चलचित्र एक भगवत गीता विवादमा आएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताउनुभएको छ ।  

सामाजिक सञ्जालमा उहाँले सारा स्रोत सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आउँदा पीडा भइरहेको बताउनुभयो ।

झरना थापाले निर्देशन गरेको चलचित्र एक भगवत गीताको केही धार्मिक सङ्घसंस्थाले प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि चलचित्र विकास बोर्डले यही भाद्र २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सो चलचित्रको सेन्सर सिफारिस रोकिरहेको छ ।  

विकास बोर्डले सेन्सर सिफारिस रोकिदिए पछि निर्देशक झरना थापाले लेख्नुभएको छ,’आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ ।’

निर्देशक थापाले सत्य बोल्दा पनि कसैले नसुनेपछि अन्तिम फैसला भगवानले गर्नु होला नि हैन भन्दै प्रश्न गर्नुभएको छ ।