अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

यो वर्ष सिस्नुपानी देउसी कार्यक्रम स्थगित  

यो वर्ष सिस्नुपानी देउसी कार्यक्रम स्थगित  


काठमाडौँ–सिस्नुपानी नेपालले यो वर्ष देउसी कार्यक्रम स्थगित गरेको छ । प्रत्येक वर्ष गर्दै आएको देउसी कार्यक्रम स्थगित गरेको सिस्नुपानी नेपालले जनाएको छ ।  

सिस्नुपानी नेपालका महासचिव टङ्कराज आचार्यले विज्ञप्ति जारी गर्दै कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा गएको भूकम्पका कारण देउसी कार्यक्रम स्थगित भएको जनाउनु भएको छ ।

“यही कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा गएको भूकम्पले त्यस क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति गरेकोमा हामी अत्यन्त मर्माहत भएका छौँ,” विज्ञप्तिमा भनिएको छ, “दुःखको यस घडीमा भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकहरुप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै दिवंगतहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दर्छौ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।” 

यस्तै सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरुप पचास हजार उपलब्ध गराउने निर्णय गरेको छ ।