अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘केपी ओली इज नट कम्फर्टेबल टू इण्डिया’

‘केपी ओली इज नट कम्फर्टेबल टू इण्डिया’


नेकपा (माले)का महासचिव, झापा आन्दोलनका एक प्रमुख नेता सीपी मैनाली गतवर्ष सडक दुर्घटनामा परेपछि सक्रिय जीवनमा देखिनु भएको छैन । स्वास्थ्य विस्तारै बिस्तारै अनुकुल हुँदै गरेकोले सडकसम्म अलिअलि हिड्न थाल्नुभएको छ । कुनै बेलाको नेपाली राजनीतिका एक रहस्यमयी पात्र, नख्खु जेलमा ७० फुट लामो सुरुङ खनेर भाग्न सफल नेता मैनाली प्रधानमन्त्री केपी शर्मा ओलीका समकालिन हुनुहुन्छ । अहिले निर्णायक राजनीतिमा नरहेपनि कुनै बेलाका आफ्ना सहकर्मीहरुका राजनीतिक खेल उहाँले हेरिरहनु भएको छ । यसैक्रममा अहिलेको राजनीतिक परिदृष्यको गर्भ, यसको रिमोट र सतहमा देखिएका पात्रहरुको भूमिकाका विषयमा नेपाली बहसले मैनालीसँग कुरा गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश उहाँ कै शब्दमा–

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले संसद विघटन गर्नुभएको थियो । अदालतले संसद पुनर्स्थापना गरिदियो । पुनर्स्थापना गरेपनि माधव–प्रचण्डहरु नै हैरान छन् । परेशान छन् । तर केपी ओलीको अडान डगमगाएको देख्दिन । प्रधानमन्त्रीले राजीनामा दिन्न भन्नुभएको छ । उहाँले प्रष्टै भन्नुभएको छ– यो मेरो राजनीतिक मुद्दा हो । ‘एभ्रिथिङ इन राइट लभ एण्ड वार’ भनिन्छ । हारजीत भइरहन्छ । तर, म राजनीतिक मुद्दामा लडिरहेको छु भन्ने प्रधानमन्त्रीको आशय देखिन्छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले किन भोट हाल्छ ?
प्रधानमन्त्रीले संसदमा अविश्वास ल्याउ भन्नुभएको छ । प्रचण्ड-माधवलाई केपी ओलीका विरुद्ध संसदमा अविश्वास ल्याउन पनि अफ्ठेरो छ । अस्ती पुस ५ गते उहाँहरुले तयार गरेको अविश्वासको प्रस्तावमा प्रचण्डले आफूलाई भावी प्रधानमन्त्री राख्नुभएको छ । त्यो अघि बढ्यो भने निश्चय नै परास्त भइहाल्छ । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन किन भोट हाल्छ ? कांग्रेसको भोट नआइकन त्यो सफल पनि हुँदैन ।

प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा प्रचण्ड माधव त्यहाँ जानुहुन्छ कि जानु हुँदैन ? उहाँहरुले त केपी ओलीलाई पार्टी सदस्यबाट पनि निश्कासन गर्नुभएको छ । केपी ओलीको बहुमत हुने वित्तिकै कसैले पनि अविश्वासको प्रस्ताव ल्याउने आँट गर्न सक्दैनन् । नेकपाको कोही सांसदले पार्टी ह्विप मानेन र फ्लोर क्रस गर्छ भने संसदीय दलको नेता, पार्टी अध्यक्षले तिनीहरुलाई कारबाही गर्छन् । प्रधानमन्त्रीले सांसदबाटै निलम्बन गर्न सकनुहुन्छ । प्रचण्ड-माधवहरुले बहुमत पुर्‍याउनुभयो भने कुरा बेग्लै हो । तर सिनारियोले त्यो कुरा देखाएको छैन ।

अहिले पार्टी पनि कानुनी रुपमा फूटेको छैन । दुवै पक्षले नेकपाबाट अलग्गिन खोजेका छैनन् । दुवै पक्ष अहिले बहुमत पुर्‍याउने रणनीतिमा छन् । दुवै पक्ष एकै ठाउँ रहने स्थिति पनि देख्दिन म । यो विदेशी वादसँग सम्बन्धित छ । केपी ओली पक्षले प्रचण्ड–माधवलाई यिनीहरु भारतका भरपर्दा एजेण्ट हुन् भनेको छ । केपीलाई उनीहरु सत्ताका लागि जे पनि गर्ने भन्छन् । केपी ओली कहिलेकाँही घामछाँया जस्तो लाग्छ । तर उनीहरुचाँही लम्पसारवादी नै हुन् जस्तो लाग्छ ।

पार्टी फूटाउने अध्यादेश ल्याएर गठबन्धन सरकार बनोस् नेपालमा भन्ने भारतको चाहना थियो होला तर केपीले भारतको त्यो चाहनाको बर्खिलापमा संसद विघटन गरेर चुनावमा गइदिनुभयो । यो उनीहरुको चाहनाको खिलापमा थियो । इन्डिया र पश्चिमा मिलेर संसद पुनर्स्थापना गराइ छोडे । आफ्टर डिसोलुसन इण्डिया वज नट ह्यापी विथ केपी ओली भन्ने बुझ्न सकिन्छ ।

अहिले पार्टी फूटेको छैन तर दुवैले सुप्रिमेसी खोजेका छन् । संसदीय दलको नेता केपी ओली हुन् । उनले बैठक बोलाउँछन् । यस बेला माधव प्रचण्डहरुलाई अप्ठेरो पर्दछ । उनीहरुले बहुमत पुर्‍याए भने पनि केपी ओलीलाई अप्ठेरो त पर्ला । यस्तो अवस्थामा सहजै प्रतिपक्षमा बसेर आफ्नो एजेण्डा जनतामा लैजानुहुन्छ ओलीले । उनीहरुले अविश्वासको प्रस्ताव नै ल्याए भने पनि त्यो डिफ्यूज हुनसक्छ । यस्तो अवस्थामा घुम्दै फिर्दै ‘अर्ली इलेक्सन’मा जानु पर्ने हुनसक्छ । हिजो मध्यावधिको कुरा थियो अब अर्ली इलेक्सनको कुरा हुनसक्छ । अब हेर्दै जाउँ तमासा हो । के हुन्छ ।

प्रधानमन्त्रीको प्रस्ताव मानेको भए के बिग्रन्थ्यो प्रचण्डलाई ?
पुस ४ गते प्रचण्डकहाँ गएर प्रधानमन्त्रीले अन्तिम सम्झौताको प्रयास गरे । प्रधानमन्त्रीको त्यो प्रयासमा जब प्रचण्ड सहमत भएनन्, त्यसपछि प्रधानमन्त्रीको यो स्टेप आयो । त्यसबेला प्रचण्डको १९ पन्ने प्रतिवेदन र केपी ओलीको ३८ पन्ने प्रतिवेदन फिर्ता भएको भए राम्रो हुने थियो । भदौ २६ गतेको सहमति अनुसार केपी ओली चुनावसम्म प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने बरु सांगठनिक महाधिवेशन तीन महिनामै गर्ने । प्रधानमन्त्रीको यो प्रस्ताव मानेको भए के बिग्रन्थ्यो प्रचण्डलाई ? महाधिवेशन भएपछि एउटा पद त छोड्नु पथ्र्यो केपी ओलीले । केपीलाई पाँचै वर्ष प्रधानमन्त्री हुन नदिने इण्डियाको दाउ हो । किनभने केपी ओलीले नाकाबन्दीको सामनामात्रै गर्नुभएन, भारतलाई झुकाउनुभयो । लिपुलेक सहितको नक्सा पनि छाप्नुभयो । इण्डियाले नेपालको ३१० वर्गकिलोमिटर कब्जा गरेर टोटल नेपालाई कब्जा गर्ने उसको लक्ष्य हुनसक्छ । इण्डियाको लक्ष्य मै चोट पर्‍यो नि नक्सा छापेपछि । जसरी सन् १९३१ मा जापानले चीनका चारवटा प्रान्त कब्जा गरेर मन्चुको खडा ग¥यो, त्यस्तो मन्चुको खडा गर्नेलाई चीनले जापानलाई कोलोनाइज खडा गर्ने हस्तक्षेप जालो भनेर बुझ्यो । त्यस्तै हाम्रो यो ४ सय वर्गमिटर कब्जा गर्नु जापानले मन्चुको खडा गरे जस्तो त होइन ? मैले नक्सा छाप्ने वित्तिकै भनेको थिएँ । भारतीय नीतिको विरुद्धमा नयाँ स्तरको लडाइँ सुरु भयो । भारतचाँही नेपाल विरोधी अभियानमा नयाँ स्तरमा पुग्यो ।

सन् १९६२ पछि भारतकै सुरक्षाका निम्ति नेपाली भूमीमा जबरजस्ती बसेको फौज कसैले हटाउन नसकेको बाहेक वैधानिक तर्क छैनन् भारतसँग । उसले नेपाललाई जबरजस्त कोलोनाइज गर्ने सुरुवात त होइन नि । यस्तो अवस्थामा केपीलाई विरोध नगर्ने हो भने झन् झन् अगाडि बढ्ने स्थिति आउँछ । २००७, २०४६ र ०६३ सालको आन्दोलनमा भारत र पश्चिमाको हस्तक्षेप बढ्दै गयो । जनतालाई अधिकार दिने नाममा राज्य कमजोर बन्दै गयो । ४ सय वर्गमिटरको कब्जा जुन थियो त्यसमा अवरोध भएको महसुुस गर्‍यो भारतले ।

पार्टी भित्रको माहोल, जनताको दबाब आदि कारणले २०७७ सालको नीति तथा कार्यक्रममा लिपुलेक सहितको नक्सा प्रकाशन गर्ने प्रतिवद्धता सरकारले गर्‍यो । जे जसरी नक्सा छापे पनि भारत र विश्वको नजरमा देखिने त केपी ओली नै हो ।

पार्टी भित्रको माहोल, जनताको दबाब आदि कारणले २०७७ सालको नीति तथा कार्यक्रममा लिपुलेक सहितको नक्सा प्रकाशन गर्ने प्रतिवद्धता सरकारले गर्‍यो । जे जसरी नक्सा छापे पनि भारत र विश्वको नजरमा देखिने त केपी ओली नै हो । नक्सा छापेपछि प्रधानमन्त्रीले त्यसमा कमजोरी देखाउनुभयो । अपनत्व ग्रहण गरेर छाप्ने कामलाई हजार प्रतिशत ग्रहण गर्नुभयो । यस्तो अवस्था आएपछि केपी ओलीलाई हटाउनै परो । अब प्रचण्ड–माधवहरुलाई लगेर विस्तारै बिस्तारै यसलाई पृष्ठभागमा ठेल्ने इण्डियाको डिजाइन हो । केपी रहुन्जेल त्यो पृष्ठ भागमा नजाने पर्‍यो । वार्ताको कुरा उठिरहने भयो । पृष्ठभागमै ठेल्नका लागि प्रचण्डकै भाषामा भारतका निम्ति कम्फर्टेबल सरकार चाहिएको थियो । त्यो कम्फर्टाबिलीटी दिनका लागि आएका हुन् भने त कसले कसलाई हटाउन लागेको हो भन्ने त स्पष्ट भयो नि त । यो सबै नेपालीले बझे नि यो कुरा त । केपी ओलीले शक्ति आफूमा केन्द्रित गर्न खोजेको भए पनि इण्डियाको र साम्रज्यवादीको स्वार्थको बंगारा भाँचिदिएकोले गर्दा खेरी केपी ओलीलाई हटाउने प्रयास भएको हो । केपीले पनि यो कुरा बुझ्नुभएको छ । मलाई भारतले हटाउन खोजेको हो । यहाँकाले हटाउन खोजेको होइन भन्ने कुरा केपीले पनि बुझेकोले यो राजनीतिक लडाइँ हो भनेका छन् । पार्टी फूटाउने अध्यादेश ल्याएर गठबन्धन सरकार बनोस् नेपालमा भन्ने भारतको चाहना थियो होला तर केपीले भारतको त्यो चाहनाको बर्खिलापमा संसद विघटन गरेर चुनावमा गइदिए । यो उनीहरुको चाहनाको खिलापमा थियो । इण्डिया र पश्चिमा मिलेर संसद पुनस्र्थापना गराइ छोडे । आफ्टर डिसोलुसन इण्डिया वज नट ह्यापी विथ केपी ओली भन्ने बुझ्न सकिन्छ ।

परराष्ट्र मन्त्री भारतमा जाँदा प्रधानमन्त्री मोदीलाई भेट्न दिइएन । प्रदीप ज्ञवाली एउटा पार्टीको नेता मात्र नभएर सार्वभौम नेपालको परराष्ट्र मन्त्री हुन् । मोदीले किन भेटेनन् त भन्दा ‘मोदी वज नट ह्यापी अफ्ट्र टेकन स्टेप वाइ केपी ओली’ । त्यही कुरा जनाउँछ यसले । नेकपाको झगडामा दुईटैलाई उचाल्ने इण्डिया नै हो फेरि । इन्डियाका राजनीतिक शक्ति, सन्त महन्त, मिडिया लागेर हटाउन खोज्दा केपी ओलीले एउटै स्टेटमेन्टले उनीहरुलाई थला बसाइदिनुभयो । वैशाखमा विदेशीको लोलीमा नेपाली नेताहरुको बोलीले मलाई हटाउन खोज्दैछ भनेर भन्दिनुभयो केपीले । त्यसपछि इण्डिया ब्याक हुन बाध्य भयो । त्यसपछि इण्डियाले भित्रै पस्ने, झगडा गराइदिने, मित्र भएर पस्ने, थुम्बाहरुलाई जुधाइदिने र टाउको फुटाइदिने । त्यो नीति लियो इण्डियाले । त्यही योजना अन्तर्गत एस.के. गोयल आएका हुन् । प्रधानमन्त्रीसँग भेटेका हुन् । यसैलाई पनि इस्यू बनाए प्रचण्ड–माधवले । त्यो राय सल्लाहले नै इस्यु बनाएर प्रचार गरेको हो । त्यसपछि थुम्बा लडाइँ लागेको हो नेकपामा । केपीको जिरहले गर्दा उनी लडिरहेकै छन् । यसलाई साथ दिनु पर्दछ । विदेशी अपमान, विदेशी हस्क्षेपका विरुद्ध लडिरहेकै छन् । बाहिरी शक्ति केपीसँग लडेको हो । सारा खेल त इन्डियाले गरेको हो । त्यही नक्सा छापेकोमा । त्यही नाकाबन्दीसँग लडेकोमा । भारतका कम्फर्टेबल नेताहरु अहिले हतियार बनेका छन् । त्यो त उनीहरुले नै कमिट गरेको कुरा हो नि त । ‘केपी ओली इज नट कम्फर्टेबल टु इण्डिया एण्ड दोज हु आर कम्फर्टेबल आर प्रचण्ड एण्ड माधव नेपाल एज वेल एज झलनाथ खनाल’ । यिनीहरु कम्फर्टेबल भए नि त । यो त उनीहरुले नै भने नि त । को भारतको कम्फर्टेबल छ को विरोधी छ भन्ने कुरा त उनीहरुले कहे नि त । केपी ओली जब विदेशी हस्तक्षेपको विरुद्धमा छन् भने उनले राजीनामा दिनु हुँदैन भन्ने मेरो पनि मान्यता छ । जे जति वैधानिक बाटा छन् ती सबै अपनाएर लड्नु नै अहिले केपी ओलीको धर्म हो । ‘हि ह्याज टु फाइट एण्ड गिभिङ ग्रेट फाइट कम्फर्टेबल यूजर अफ इण्डिया’ ।

(नेकपा मालेका महासचिव सीपी मैनालीसँग नेपाली बहस डटकमका लागि चेतन अधिकारीले गरेको कुराकानीमा आधारित)