अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार प्रदिप भट्टराईलाई मंगल थापाद्वारा ज्यान मार्ने धम्की, पत्रकार महासंघद्वारा भर्त्सना

पत्रकार प्रदिप भट्टराईलाई मंगल थापाद्वारा ज्यान मार्ने धम्की, पत्रकार महासंघद्वारा भर्त्सना


काठमाडौं-नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रतिष्ठानका सदस्य तथा पोष्टखबर डटकमका सम्पादक प्रदिप भट्टराईलाई युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका मंगल बहादुर थापाले दिएको ज्यान मार्ने धम्कीप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमार्फत महासंघले पत्रकार भट्टराईलाई दिइएको ज्यान मार्ने धम्की प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यतामाथिको गम्भीर हमला भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस्ता क्रियाकलाप प्रेस स्वतन्त्रताको खिल्ली उडाउने गैरजिम्मेवार, आपराधिक र निन्दनीय कार्य हुन्।’

महासंघले पत्रकारलाई ज्यान मार्ने धम्की दिने कार्यप्रति भर्त्सना गर्दै राज्य संयन्त्र र जिम्मेवार निकायलाई यस्ता कार्यमा संलग्न व्यक्तिलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारको सुरक्षामा कुनै किसिमको सम्झौता नहुने स्पष्ट पार्दै प्रेस तथा पत्रकारमाथि हुने आक्रमणलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेको छ।