अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘तत्कालिन विद्रोहको कर्मभूमि र केन्द्रविन्दु झापा नै थियो’

‘तत्कालिन विद्रोहको कर्मभूमि र केन्द्रविन्दु झापा नै थियो’


नारद भारद्वाज झापा आन्दोलनसँग जोडिएका पुराना राजनीतिकर्मी हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एक दशकभन्दा बढी जेल जीवन बिताउनुभएका भारद्वाज दुई वर्षअघिमात्र त्रिभूवन विश्वविद्यालयको सहप्राध्यापकबाट अवकाश पाउनुभएको थियो । जेलभित्र प्रधानमन्त्रीसँगै अंग्रेजी शब्दकोष र भाषा स्वअध्ययन गर्नुभएका भारद्वाजको नाम बेलाबेला चर्चामा आइरहन्छ । डेढ वर्षअघि कतारको राजदूत नियुक्त हुनुभएका भारद्वाजसँग यसपटक भने नेपाली बहसका प्रधान सम्पादक चेतन अधिकारीले सुखानी दिवसको सन्दर्भमा झापा आन्दोलन केन्द्रित भएर संवाद गर्नुभएको छ–

….

झापा आन्दोलनलाई कसरी स्मरण गर्नुहुन्छ ?

झापा आन्दोलन मेरो निम्ति चाहिँ एउटा यस्तो सपना हो । जुन आज एउटा सजिव जीवन्तता त्यसले प्राप्त गरिरहेको छ । झापा आन्दोलनका आदर्शहरु मूल्य मान्यताहरु स्थापित हामीले त्यतिबेला गरेका थियौँ । हाम्रा सहकर्मी नेता र कार्यकर्ताहरुले बलिदान दिएका थिए । त्यो आज सफलीभूत भएको छ । नेपाली जनताहरु आज निरंकुशताबाट बाहिर आएका छन् । लोकतान्त्रिक गणतन्त्र पनि आफ्ना अधिकार स्वतन्त्रताहरु उपभोग गर्न पाउने स्थितिमा पुगेका छन् । यो निम्ति निकै खुसीको कुरा हो । झापा र झापा आन्दोलन चाहिँ मेरो स्मृतिपटमा साह्रै गाहिरोसँग बसेको एउटा ऐतिहासिक कालखण्ड हो ।

झापा विद्रोहको पृष्ठभूमि कसरी तयार भएको थियो ? तपाईंले केका लागि भनेर विद्रोहको हतियार उठाउनुभएको थियो ?

झापा आन्दोलन भनेको निरंकुशता विरोधी किसान आन्दोलन हो । तर यसको पृष्ठभूमिमा धेरै सामाजिक अन्तरविरोधहरु चाहिँ जिम्मा थिए किनभन्दा नेपालमा तीस वर्षसम्म चलेको निरंकुश राजतन्त्रको कारण समाज अत्यधिक खण्डित र धुवीकृत भएको स्थिति रहेको थियो । र, समाजमा वर्गीय विभेद चरम स्थितिमा पुगेको अवस्था थियो । सामन्तवादको उत्कर्षको अवस्था रहेको थियो । सामन्तहरु आफ्नो पुरानो लुटको साम्राज्य स्थापना गर्न मरिहत्ते गर्न लागेका थिए भने जनताहरु त्यो दासत्वबाट मुक्त भएर स्वतन्त्र नागरिकको जीवन बाँच्नको निम्ति आन्दोलन गर्न, बलिदान गर्न तत्पर भएको स्थिति रहेको थियो । यो एउटा झापा आन्दोलन इतिहासको एउटा भिन्नै कालखण्ड हो । जसलाई वास्तवमा त्यो झापा आन्दोलनको पृष्ठभूमिलाई नबुझ्ने मान्छेहरुले अहिले यथार्थमा त्यसलाई राम्ररी व्याख्या गर्न पनि सक्दैनन् ।

त्यसबेलाका सामान्तहरुको प्रवृत्ति कस्ता–कस्ता थिए ?

झापा भनेको नेपालको सबैभन्दा धेरै धान फल्ने देशकै अन्न भण्डार हो । त्यतिबेला झापा पहाडबाट आएका आप्रवासी किसानहरु बसोबास गरेर त्यसलाई उजागर गरिएको, गुन्जार गरिएको क्षेत्र थियो । त्यहाँ विभिन्न वर्गका मनिसहरु आफ्नो वर्चस्व र आर्थिक अधिकार स्थापनाका निम्ति प्रतिस्पर्धा गरिरहेको अवस्था थियो । सुरुसुरुमा जब पञ्चायत राजतन्त्रले जंगल फाँडेर बसोबास गराउने निति लियो र ठुलाठुला जमिनदारहरु, सम्पन्न व्यापारीहरु र त्यहाँ आएर ठूलो भुखण्ड कव्जा गरेर त्यसलाई आफ्नो स्वामित्व भित्र ल्याउन चाहिरहेका थिए । र, किसानहरु पहाडबाट विस्थापित भएर त्यहाँ आएर आफ्नो नयाँ जीवनको निर्माण गर्ने प्रयत्न गरेका थिए । त्यतिबेला यस्तो स्थिति थियो कि सात सालको क्रान्तिमा जुन पहाडमा जुन जातीय द्वन्द्व भयो । त्यो जातीय द्वन्द्वपछि विस्थापित भएको ठूलो जनशक्ति झापा, मोरङ, सुनसरीमा आएर त्यहाँको जंगल फाँडेर बस्ती बसाउन लागेको थियो । उनीहरुले जमिन कब्जा गर्ने होडबाजीमा आफूलाई समक्ष प्रमाणित गर्न सकेनन् ।

झापा आन्दोलन इतिहासको एउटा भिन्नै कालखण्ड हो । जसलाई वास्तवमा त्यो झापा आन्दोलनको पृष्ठभूमिलाई नबुझ्ने मान्छेहरुले अहिले यथार्थमा त्यसलाई राम्ररी व्याख्या गर्न पनि सक्दैनन् ।

किसानहरु वास्तवमा फेरि पनि एउटा सीमान्त वर्गमै पर्न गए । पहाडबाट विस्थापित भएर आएर पनि मधेसमा उनीहरुले आफूलाई जमिनको मालिक र जमिनको स्वामित्व आफ्नो हातमा लिन सक्ने स्थिति भएन । जमिनदारको शोषण विशेषगरी विभिन्न किसिमले अँधिया, ठेक्कामा किसानहरुलाई जमिन दिने र उनीहरुबाट निर्मम ढंगले अधियाँ र ठेक्काचाहिँ असुल गर्ने, किसानहरुलाई जमिनको स्वामित्वबाट बेदखल गर्ने, उनीहरुलाई बुँद दासको रुपमा राख्ने षडयन्त्र विरुद्धमा त्यहाँ किसानहरुले आक्रोश र विद्रोहको निर्माण गर्ने अवस्था थियो । त्यही क्रममा एउटा अगुवा क्रान्तिकारी तत्वहरुको प्रवेश भयो । अलिकति अन्तर्राष्ट्रिय राजनीतिलाई बुझेका अन्तर्राष्ट्रिय लोकतन्त्र लहरहरुबाट प्रभावित भएका र पश्चिमी लोकतन्त्रका सिद्धान्तहरुमा शिक्षित भएर आएका केही युवाहरुले उम्लिरहेको जुन एउटा विद्रोहको भावना थियो । त्यसमा सैद्धान्तिक चेतना भर्न सफल भए ।

  • झापा आन्दोलनले एउटा सजिव जीवन्तता प्राप्त गरिरहेको छ ।
  • तत्कालिन विद्रोहको कर्मभूमि र केन्द्रविन्दु झापा नै थियो ।
  • त्यतिबेलाको आन्दोलनको नेतृत्व नै केपी शर्मा ओलीले गर्नुभएको थियो ।
  • झापा आन्दोलन नक्सलबारी विद्रोहबाट प्रेरित भएको थियो ।
  • जमिनदारहरु कुनै एउटा ठाउँको चाहिँ सत्ताको प्रतिनिधि हुन् ।

आन्दोलनका दौरान देखिएका दृश्यहरु, घटना विवरणहरु पनि सम्झनुहुन्छ कि ?

झापा आन्दोलन किन भनियो भने तत्कालिन विद्रोहको कर्मभूमि र केन्द्रविन्दु झापा नै थियो । यसले देशको समग्र क्षेत्रलाई नै तरंगित गरेको थियो । झापाभित्रैको कुरा गर्दाखेरी केही महत्वपूर्ण यस्ता ठाउँहरु थिए । जोचाहिँ आन्दोलनको केन्द्रको रुपमा विकसित भइरहेको थियो । खासगरी चारपानी अनि धाइजन, धुलाबारी, बुधवारे, दुवागढी, बारागरी, माइपोखरीका क्षेत्रहरु विशेषगरी झापा आन्दोलनका क्रान्तिकारीहरुका ती कार्यस्थल थिए । त्यहाँ हाइस्कुल, कलेज पढ्ने र कलेजबाट शिक्षा आर्जन गर्नलाई निस्केका केही युवा र वौद्धिक व्यक्तित्वहरुले पनि यो आन्दोलनमा सजीवता छर्ने काम गरेका थिए ।

अलिकति अन्तर्राष्ट्रिय राजनीतिलाई बुझेका अन्तर्राष्ट्रिय लोकतन्त्र लहरहरुबाट प्रभावित भएका र पश्चिमी लोकतन्त्रका सिद्धान्तहरुमा शिक्षित भएर आएका केही युवाहरुले उम्लिरहेको जुन एउटा विद्रोहको भावना थियो । त्यसमा सैद्धान्तिक चेतना भर्न सफल भए ।

आन्दोलनकारी व्यक्तिहरुबारे पनि स्मरण छ ?

म सम्झिन सक्छु । त्यतिबेलाको आन्दोलनको नेतृत्व नै अहिले देशका चर्चित व्यक्तित्व हुनुहुन्छ । अब एक जना त मैले नाम लिनुपर्दा सम्मानीय प्रधामन्त्रीज्यू केपी ओली नै हुनुहुन्छ । त्यसपछाडि मोहनचन्द अधिकारी हुनुहुन्छ । मोहनचन्द्र अधिकारी हाम्रो सबैभन्दा सिनियर झापा आन्दोलनको नेता हुनुहुन्छ । उहाँ सत्र वर्षसम्म्म जेल बस्नुभयो उहाँलाई नेपालको चाहिँ नेल्शन मण्डेला भनेर पनि चर्चित हुनुभयो र उहाँको ठूलो योगदान रहेको छ । सीपी मैनालीको पनि महत्वपूर्ण योगदान रहेको छ । राधाकृष्ण मैनाली हुनुहुन्छ । त्यस्तै अब पछिल्लो स्टेजमा आएर झलनाथ खनाल, माधव नेपाल पनि झापाकै हुनुहुन्छ । झापा आन्दोलनबाट प्रशिक्षित भएर राजनीतिमा सरिक हुनुभयो । यद्यपि उहाँहरु झापा आन्दोलनको प्रारम्भिक नेताहरु हुनुहुन्थेन । मैले पनि झापा आन्दोलनमा २०२८ सालदेखि प्रवेश गरेको हो ।

तपाईँ यो आन्दोलनमा कसरी आकर्षित हुनुभयो ? त्यो टर्निङ्ग पोइन्ट केही छ भने अलिकति बताइदिनुहोस् न !

म त्यतिबेला झापाको बुधबारेमा रहेको बुद्ध आवास हाइस्कुल भन्ने स्कुलमा कक्षा ९ मा पढ्थेँ । झापाका केही राम्रा स्कुल मध्ये पर्छ । त्यतिबेला आन्दोलनको एउटा लहर चलिरहेको थियो । मेरो एकजना दाजु हुनुहुन्थ्यो उहाँचाहिँ वीरगन्जमा कलेज अफ एजुकेशनमा आइएड पढिरहनुभएको थियो । खडानन्द वाग्ले  । रुपचन्द्र विष्ट अनि सोहन चौधरी भन्ने एकजना बाराको प्रख्यात नेता हुनुहुन्थ्यो । जनजातिको व्यक्ति हुनुहुन्छ उहाँ । उहाँ त्यतिबेलाचाहिँ पढ्नको लागि चाइना जानुभएको रहेछ । इन्जिनियारिङ पढ्नको निम्ति । अनि त्यहाँ सांस्कृतिक क्रान्ति भइरहेको थियो । ६६ देखि ७२ सम्म साँस्कृतिक क्रान्ति भयो । साँस्कृतिक क्रान्तिको बेलामाचाहिँ ठूलो अस्तव्यस्तता अराजकता उत्पन्न भयो अनि त्यसपछि विदेशी विद्यार्थीलाई चाहिँ चीनको सरकारले आफ्नोआफ्नो देशमा फिर्ता पठाइदियो । पछि स्थिति साम्य भएपछि फेरि बोलायो ।

त्यतिबेलाको आन्दोलनको नेतृत्व नै अहिले देशका चर्चित व्यक्तित्व हुनुहुन्छ । अब एक जना त मैले नाम लिनुपर्दा सम्मानीय प्रधामन्त्रीज्यू केपी ओली नै हुनुहुन्छ । त्यसपछाडि मोहनचन्द अधिकारी हुनुहुन्छ ।

तपाईंहरुको शिक्षा पूरा गरिदिन्छौ हामी तपाईंहरु अहिले घर फर्कनुस् भनेर घर फर्कायो । अनि सोहन चौधरी पनि त्यही क्रममा फर्केर आउनुभएको थियो । फर्केर आउनेवित्तिकै उहाँचाहिँ चीनको साँस्कृतिक क्रान्ति उहाँको राजनीतिक प्रणाली अनि माओत्सेतुङको राजनीतिक विचारधाराबाट प्रभावित भएर आउनुभएको थियो । आएर उहाँले त्यस क्षेत्रमाचाहिँ एउटा प्रगतिशील विचारहरु प्रचार गर्ने काम गर्न थाल्नुभयो । त्यही क्रममा कलेज अफ एजुकेशनमा पढ्ने केही विद्यार्थीहरु त्यसमा जस्तै मेरो दाजु खडानन्द वाग्ले हुनुहुन्छ त्यस्तै एकजना भीमबहादुर बस्नेत हुनुहुन्थ्यो । त्यस्तै एकजना सूर्यबहादुर कार्की हुनुहुन्थ्यो । त्यो कलेज अफ एजुकेशनबाट प्रशिक्षित भएर आएका अनि यतापट्टी झापामा अर्को एउटा परिस्थिति के निर्माण भएको थियो भने झापा इन्डियाको पश्चिम बंगालको सीमानामा पर्छ । त्यहाँ पश्चिम बंगालको नक्सलबारी भन्ने ठाउँमा एउटा सशस्त्र किसान विद्रोह सुरु भएको थियो । पछाडि सशस्त्र किसान विद्रोह नक्सलवारी आन्दोलन भनेर प्रख्यात भयो । चारु मजुमदार, दिपक विश्वास भन्ने नेताहरुबाटसंगठित र निर्देशित आन्दोलन थियो । त्यो आन्दोलनलाई भारतको सरकारले चरम दमन गर्‍ यो र दमनको सिलसिलामा त्यो आन्दोलनले सशस्त्र स्वरुप ग्रहण गर्‍ यो । त्केही चौकीहरु लुटिए । चौकीबाट लुटिएका हात हतियार लिएर गुरिल्लाहरुचाहिँ गाउँगाउँमा घुम्न थाले । तर दमन बढ्दै गइसकेपछि उनीहरु झापातिर विस्थापित भएर झापातिर बस्न थाले किनभने पश्चिम बंगाल र झापाको दक्षिन पूर्वी क्षेत्रको यो जनजातिको फाँट पनि एउटै छ त्यहाँ सन्थानहरु राजवंशीहरु छन् । पारीपट्टि पनि संथाल र राजवंशीहरु छन् अनि उरावहरु छन् । किसान र मेचेहरु छन् । पारीका क्रान्तिकारी समूह यता पनि भएको हुँदा सरकारको दमनबाट बच्नका लागि उनीहरु नेपाल आउन थाले । नेपाल आउँदा नेपालका क्रान्तिकारीसँग उनीहरुको बेलाबेला भेटघाट हुने, छलफल हुने त्यस क्रममा नक्सालबारीकै किसिमले नेपालमा पनि आन्दोलन हुने एउटा प्रयत्न भइरहेको र त्यो प्रयत्नलाई उताको अनुभवले गति दिने काम गर्‍यो । मोहनचन्द अधिकारी, राधाकृष्ण मैनाली, वीरेन राजवंशी अनि शिवप्रसाद शिवाकोटी, रामनाथ दाहाल जस्ता नेताहरु त्यसबेला हुनुहुन्थ्यो । उहाँहरुको सम्पर्कचाहिँ पारिका नक्सल लिडरहरु । वास्तवमा पछि उहाँहरुचाहिँ सिपिएन, सिपिआइएल भनेर संगठित हुनुभयो । कम्युनिष्ट पार्टी अफ इन्डिया सिपिआएल भनेर उहाँहरुले चाहिँ त्यो नक्साललाइट आन्दोलनको जुन अनुभवहरु थियो त्यो अनुभव सेयर गर्नुभयो ।

हामीपनि संगठित हुँदै गयौँ । त्यसैक्रममा म विद्यार्थीको रुपमा त्यहाँ काम गरिरहेको थिएँ । र मलाई पनि विद्यार्थी युनियन खोल्नका निम्ति प्रेरित गर्नुभयो । प्रेरित गर्ने साथीहरुमा चाहिँ एकजना शिवप्रसाद शिवाकोटी, नेत्र घिमिरे, सीपी मैनाली, राधाकृष्ण मैनाली, मेरा दाजु खडानन्द पनि हुनुहुन्थ्यो र म पनि त्यो विद्यार्थीको रुपमा ।

हामीले पनि त्यही आन्दोलनबाट केही शिक्षाहरु पनि लियौँ । उहाँहरुले चाहिँ भूमिगत किसिमले  संगठित हुने, किसानहरुमा आश्रय लिने, अनि आफ्नो शक्तिहरुलाई चाहिँ ठूलो शक्तिहरुबाट संगठित राख्दै आफ्नो सांगठनिक विस्तार गर्ने, जनतामा चेतना फैलाउने समर्थकहरुको संख्या र परिधि बढाउने त्यस्तो किसिमको काम गर्न उहाँहरुको त्यस्तो जुन शिक्षा थियो । त्यो शिक्षाले हामीलाई नै सहयोग गर्‍यो । हामीपनि संगठित हुँदै गयौँ । त्यसैक्रममा म विद्यार्थीको रुपमा त्यहाँ काम गरिरहेको थिएँ । र मलाई पनि विद्यार्थी युनियन खोल्नका निम्ति प्रेरित गर्नुभयो । प्रेरित गर्ने साथीहरुमा चाहिँ एकजना शिवप्रसाद शिवाकोटी, नेत्र घिमिरे, सीपी मैनाली, राधाकृष्ण मैनाली, मेरा दाजु खडानन्द पनि हुनुहुन्थ्यो र म पनि त्यो विद्यार्थीको रुपमा । एकजना स्कुलको विद्यार्थी नेताको रूपमा क्रियाकलापहरु मैले गर्न थालेँ । त्यही क्रममा विभिन्न चरणमा राजनीतिक नेताहरु भेट हुने क्रम बढ्दै गयो । त्यसबीचमा चाहिँ अब केपी ओली, रामनाथ दाहाल पनि पटकपटक हाम्रो एरियामा आउनुभयो । किनभने बुधबारे झापा हुनुहुन्थो । एकजना चाहिँ प्रभाव क्षेत्रको र त्यो धेरै महत्वपूर्ण ऐतिहासिक मिटिङ र सम्मेलनहरु पनि त्यो मेरो गाविसमा भएको थियो । मेरो घरचाहिँ विस्तारै विस्तारै क्रान्तिकारीहरुको सुरक्षास्थलमा परिणत भएको थियो । त्यस्तो भएको हुँदा सुरक्षा र सम्मेलन दिने क्रममा म ती क्रान्तिकारी नेताहरुसँग सम्पर्कमा गएँ । मेरो एक किसिमले एउटा सामाजिकीकरण गर्ने एउटा आदतै भएकोले नयाँ मान्छेहरुसँग कुरा गर्ने उहाँहरुको कुरा बुझ्ने अब आफ्नो जिज्ञासा मेटाउन प्रत्यन्त गर्ने क्रममा चाहिँ अब मैले के छ भन्दाखेरी विद्यार्थीको रुपमा पनि भूमिका खेल्न सक्छौँ हामी र विद्यार्थीले पनि यो देशको परिवर्तनको लागि चाहिँ योगदान गर्ने ठाउँ छ त्यसको लागि एउटा स्पेश छ भन्ने मैले महसुस गरेँ । गरिसकेपछि म अलिकति समर्पित रुपले नी काम गर्न थालेँ ।

जस्तो नेताहरुसँग चाहिँ तपाईंले जिज्ञासा राख्ने, जानकारी लिने कुरा मेरो आदत थियो भन्नुभयो । त्यस्तो कुनै घटना सम्झनु हुन्छ तपाईँले त्यहाँ तपाईंको घरमा नेताहरुलाई राखेको जिज्ञासा केही तपाईको सम्झनामा छन् अहिले ?

मलाई सम्झना आउँछ । जस्तै,  किनभने त्यतिबेला जस्तो बारम्बार हाम्रोमा आउने नेताहरुमा शिवप्रसाद शिवाकोटी, नेत्र घिमिरे, अनि सीपी मैनाली, लीला कट्टेल यस्ता नेताहरु हुनुहुन्थ्यो । र त्यसमा पनि के छ भने शिवपसाद शिवाकोटी र नेत्र घिमिरे एकदमै वैचारिक सैद्धान्तिक रूपमा चाहिँ इन्गेज गर्ने योङ्ग केटाकेटीहरुलाई चाहिँ उहाँहरु त्यसरी नै आफ्नो तर्क विर्तकमा चाहिँ संलग्न गरेर उनीहरुको विचारलाई चाहिँ माझ्ने उनीहरुका जिज्ञासाहरु मेट्ने उनीहरुमा चाहिँ एक किसिमको आन्दोलन जगाइदिने । मानसिक आन्दोलन जगाइदिने जस्तो काम गर्ने । त्यसै क्रममा बुटाउन चौधरीको हत्या भयो झापा आन्दोलनको क्रममा पहिला भएका घटनामध्ये त्यो मनिन्छ ।

आन्दोलनकारीको तर्फबाट त्यो हत्या भएको थियो ?

अँ हत्या भयो । त्यसपछाडि सीपी मैनाली र शिवप्रसाद शिवाकोटी भूमिगत हुनुभयो । भूमिगत भइकेपछि उहाँ बुधबारेमा आउनुभयो । र हाम्रो घर एउटा महत्वपूर्ण सेक्टर थियो त्यहाँ बस्नुहुन्थ्यो र बसिकेपछि धेरै कुराहरु गथ्र्योँ तर्क वितर्क गथ्र्यौँ । उहाँलाई एउटा क्षेत्रबाट अर्को क्षेत्रमा लैजाने काम पनि मैले गर्थेँ । अनि त्यस क्रममा उहाँहरुलाई बुझ्ने, उहाँहरु के उद्देश्यले यसरी हिँड्नुहुँदो रहेछ । यसबाट के प्राप्त हुन्छ ? र यसमा कस्तो जोखिम संलग्न छ ? र कसरी चाहिँ क्रान्ति सम्पन्न हुन्छ ? भन्ने बारेमा उहाँहरुसँग चाहिँ मैले सोध्ने गर्थेँ । र अब चाहिँ विशेषगरी हामी न्यायको पक्षमा चाहिँ लाग्नुपर्छ न्यायको जीत हुन्छ र अहिले स्थिति उकुसमुकुस पूर्ण भएपनि अहिले चाहिँ प्रतिक्रियावादी भएपनि वास्तवमा जनताको जीत हुन्छ । जनता सत्यको पक्षमा छन् भन्ने कुराहरु उहाँ भन्नुहुन्थ्यो । यस्तो अबचाहिँ माक्र्सवाद, लेनिनवाद, भौतिकवाद, ऐतिहासिक भौतिकवादका सिद्धान्तहरुका बारेमा कुरा गरेर समाज कसरी दासीबाट परिवर्तन हुँदैहुँदै कसरी चाहिँ एउटा अविकसित अवस्थाबाट तुलनात्मक रुपले विकसित अवस्थामा रुपान्तर हुँदै आयो र एउटा अवस्थामा पुगिसकेपछि यो सम्पूर्ण शासन शोषणको अवस्था सकिएर समाजवादी समाजमा रुपान्तरण भएर रहन्छ समाज त्यसपछाडि समाजमा रहेका समग्र विभेदहरु, शोषणहरु, अन्यायहरु, असमानताहरु सकिएर, समानतामा आधारित समाजको निर्माण हुन्छ र त्यसका निम्ति हामी लड्नुपर्छ भन्ने कुराहरु उहाँहरुबाट सिक्न पाएँ । मैले आफूलाई चाहिँ एक किसिमले भन्ने हो भने त्यो ढंगले अभिप्रेरित गरेर मेरो मानसिक रुपान्तरण सम्भव भयो ।

तपाईँ कसरी गिरफ्तार हुनुभयो त ?

झापा आन्दोलनमा एकपछि अर्को घटनाहरु घटिरहेका थिए । आन्दोलनले सुरुमा एउटा व्यक्ति हत्याको राजनीति अनुशरण गर्‍यो । व्यक्ति हत्याको राजनीति निरुद्देश्य हत्याको कुरा थिएन त्यहाँ एउटा राजनीतिक सिद्धान्त थियो । जमिनदारहरु कुनै एउटा ठाउँको चाहिँ सत्ताको प्रतिनिधि हुन् । त्यो ठाउँमा उनीहरुको राजनीतिक सत्तालाई विस्थापित गर्नको निम्ति कहिलेकाहिँ उनीहरुको भौतिक अस्तित्वलाई नी आक्रमण गर्न आवश्यक हुन्छ भन्ने किसिमको अवधारणा थियो त्यतिखेर र सरकार वास्तवमा स्थानीय सत्ताको बलमा टिकेको छ केन्द्रीय सरकार । स्थानीय सत्ता केन्द्रीय सत्ताभन्दा धेरै पर । असुरक्षित, कमजोर भएको हुँदा त्यही ठाउँमा हामीले प्रहार गरेर त्यो सरकारको केन्द्रभन्दा पर उसको अधिकारलाई कमजोर पार्ने र हामी त्यहाँ स्थापित हुँदै पहिला हामीले ग्रामीण तहमा आफ्नो छाता स्थापना गर्ने र विस्तार गर्दै जाने अनि सहर कब्जा गर्ने धेरै सहरहरुले घेरेर बसेको केन्द्रीय सरकार विस्थापित गरेर हामीले केन्द्रीय सत्ता कब्जा गर्ने धारणा त्यतिबेला पाइन्थ्यो । त्यसैले क्रान्तिकारी आन्दोलन, प्रचार, संगठनको निम्ति बाधक बनेर जो उपस्थित हुन्थ्यो । साधारणतय ती जमिनदारहरु नै अगाडि आउँथे । त्यहाँ उनीहरुको एउटा आफ्नो अस्तित्व आफ्नो चाहिँ आफ्नो सत्ता, आफ्नो अधिकार जुन जमाएर उनीहरु बसेका थिए नि । एउटा यस्तो अवस्था थियो, उनीहरु कहिल्यै नभत्कने स्वर्गजस्तै ठान्थेँ । किसानहरुको विद्रोहले उनीहरुको त्यो जुन एउटा स्वर्ग हो त्यसमा भुकम्प आउन थाल्यो । त्यसपछाडि उनीहरु बढी आक्रोशित भएर त्यो एउटा आन्दोलन र क्रान्तिकारी विचार परिवर्तनको विरुद्धमा उनीहरु उपस्थित भएको हुँदा अब तिनीहरुलाई चाहिँ नष्ट गर्न एउटा राजनीतिक प्रभावलाई नष्ट गर्न आवश्यकता भयो । र त्यस्ता मान्छेहरुलाई आक्रमण गरियो । अब त्यही आक्रमण गर्ने क्रममा म पनि एउटा त्यस्तै घटनामा आरोपित भएर म जेल गएँ । २०३० साल साउन २० गते नरियाबारी भन्ने ठाउँमा एउटा सेल्टरमा हामी पुगेका थियौँ । रातभरि एउटा जंगलबाट हिँडेर धुलावारीबाट त्यस ठाउँमा पुगेका थियौँ । जुन हामी त्यस घरमा बस्यौँ । घरकै परिवारमध्येबाट हाम्रो घरमा सुराकी गर्ने एक जना मान्छे रैछन र त्यसो भएकोले हामी त्यहाँ आएको कुरा सरकारले थाहा पायो । थाहा पाइसकेपछि दिउँसो चार बजेतिर पूरा गाउँ नै घेराबन्दी गरियो । घेराबन्दी भइसकेपछि मात्र हामीले थाहा पायौँ । थाहा पाइसकेपछि हामीले भाग्ने प्रयत्न गर्‍ यौँ । भाग्न सफल भएनाँै । घरबाट हामी बाहिर निस्कनै पाएनौँ । हामी पाँच जना एउटा घरमा तीन जना एउटा घरमा आश्रय लिएर बसेका थियौँ । म बसेको घरमा चाहिँ राधाकृष्ण मैनाली, नरेश खरेल, म, सीता खड्का निलम केसी (सीपी मैनालीको श्रीमती, पूर्वमन्त्री) उहाँ त्यसपछि एकजना दिलबहादुर खड्का भन्ने साथी हामी भूमिगत बसेका थियौँ । र, नजिकैको अर्को घरमा चाहिँ लीला कट्टेल, हर्कबहादुर खड्का, चन्द्र डाँगी भन्ने अर्को साथी हुनुहुन्थ्यो र त्यो पूरै गाउँलाई घेरेर अब घेराबन्दी गर्दै सेना र प्रहरीको संयुक्त टोलीले प्रत्येक घरचाहिँ खोजतलासी गर्दै आउने क्रममा तिनीहरु हाम्रोमा पनि आइपुगे ।

क्रान्तिकारी आन्दोलन, प्रचार, संगठनको निम्ति बाधक बनेर जो उपस्थित हुन्थ्यो । साधारणतय ती जमिनदारहरु नै अगाडि आउँथे । त्यहाँ उनीहरुको एउटा आफ्नो अस्तित्व आफ्नो चाहिँ आफ्नो सत्ता, आफ्नो अधिकार जुन जमाएर उनीहरु बसेका थिए नि ।

हामी बाहिर निस्केर भाग्न खोज्यौँ । म चाहिँ त्यतिबेला भर्खर सत्र वर्षको थिएँ । हामी घेरेको थाहा पाइसकेपछि मलाई बाहिरको स्थिति कस्तो छ बुझेर आउनुस् न भन्नुभयो राधाकृष्ण मैनालीले अनि म बाहिर निस्केँ । कहीँपनि प्रहरीलाई देखिनँ । अनि मैले चाहिँ त्यो बरण्डाबाट बाहिर निस्कने एउटा भर्‍ याङ थियो भर्‍ याङ नजिक एउटा टेवल थियो त्यहाँसम्म म गएँ । साथमा निस्कने बेलामा मैले के सोचेँ एउटा खुकुरी थियो खुकुरीचाहिँ बोकेर म चाहिा तल निस्केँ । निस्केर टेवलमा पुगुन्जेल मैले केही पनि देखिनँ । टेवुलमा पुगेर उभिएको थिएँ । परबाट हट भनेको सुनेँ अनि हेर्दाखेरी चारैतिर बन्दुक तेर्‍ र्साएर बसेका रहेछन् । त्यतिबेला उसको आदेश पालना गर्नुपर्छ भन्ने जरुरी महसुस भएन । किनभने त्यतिबेलाको त्यो आदेश थियो । अब क्रान्तिकारी आफ्नो एउटा समर्पण बलिदानको भावना पनि थियो । त्यसपछि मैले उसको आदेशलाई उल्लंघन गरेर फेरि फर्केँ । फर्केर माथि नै गएँ । गएर मैले रिपोर्ट गरेँ । घर पूरै घेरिएको छ यस्तो यस्तो स्थिति छ भनेपछि त्यसो भए हामी बाहिर ननिस्कौँ । भित्रै बसौँ भनेर निर्णय गर्‍ यौँ र डकुमेन्टहरु आफूसँग भएका डकुमेन्टहरु राधाकृष्ण मैनाली र नरेश खरेल पनि साथमा हुनुहुन्थ्यो उहाँहरुले जलाउन थाल्नुभयो । त्यहाँ बीचमा एउटा धानको थुप्रो थियो । धानको थुप्रोमाथि जलाउँदै उम्म त्यो कागजहरु झादै त्यस्तो रेन्सेटिप पेपरहरु हामीले जलाइसक्यौँ । त्यसपछाडि चाहिँ बाहिरबाट धम्की दियो । हामीलाई प्रक्रिन भनेर त्यतिबेला पदमबहादुर मानन्धर भन्ने एकजना एसपी थियो जिल्लाको इन्चार्ज ऊ गएको थियो । उसले राधाकृष्ण मैनालीको नाम लिएर बाहिर आउँदैनस् भने हामी घरमा आगो लगाइदिन्छौं भनेर धम्की दिएपछि हामी बाहिर निस्कयौँ । बाहिर निस्केपछि जो बाहिर निस्कयो उसलाई पक्रेर हात पछाडि बाँधेर लग्यो ।

त्यो आन्दोलनका एकजना मूख्य नेता मध्ये एकजना अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । उहाँसँग तपाईंको भेट, जेल भित्र, जेल बाहिर अथवा भूमिगत अवस्थामा वा सामान्य अवस्थामा कसरी भयो ?

झापा आन्दोलनको पछिल्लो स्थितिमा म भूमिगत भएको । अहिलेका सम्माननीय प्रधानमन्त्री आन्दोलनको सुरुवात देखि नै हुनुहुन्थ्यो । उहाँसँग मेरो सेन्ट्रल जेलमा २०३१ सालमा भेट भएको हो । उहाँलाई गोलघरमा राखेको थियो । हामीलाई पनि नेल हत्कडी लगाएर राखेको थियो । उहाँ र मोहनचन्द्र अधिकारीलाई गोलघरमा राखेको थियो । नख्खु जेलबाट हामी जेल विद्रोह गरेर भाग्यौं । त्यसको आठ दिन पछि म चन्द्रनिगाहापुरबाट पक्राउ परें । त्यसपछि चाँही मलाई पनि २७ महिना गोलघरमा राख्यो ।

केपी शर्मा ओली, राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारीलाई बखेडा लगायो सरकारले । सायद तीनजना नेताहरु एकै ठाउँ जम्मा भएको मन परेको थिएन उहाँहरुलाई । के गर्लान् यिनीहरुले भन्ने परेको थियो । कसरी छिन्नभिन्न पारौं भन्ने परेको थियो ।

केपी शर्मा ओलीसँग कति समय जेलमा सँगै बस्नुभयो ?

बसें । पटक पटक गरेर । सेन्ट्रल जेलमा धेरै बस्न पाइन । पछि नख्खु जेलमा हाम्रो भेट भयो । त्यहाँ करिब एक वर्षसँगै बस्यौं । जेल विद्रोहको योजना बनाउने क्रममा केपी शर्मा ओली, सीपी मैनालीहरु हुनुहुन्थ्यो । नरेश खरेल, घनेन्द्र बस्नेत, म, प्रदिप नेपाल, माधव पौडेल, अशोक नेउपाने, वीरबहादुर लामा आदि हुनुहुन्थ्यो । कार्यान्वयन गर्ने क्रममा ओली, राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारीलाई बखेडा लगायो सरकारले । सायद तीनजना नेताहरु एकै ठाउँ जम्मा भएको मन परेको थिएन उहाँहरुलाई । के गर्लान् यिनीहरुले भन्ने परेको थियो । कसरी छिन्नभिन्न पारौं भन्ने परेको थियो । त्यही क्रममा एउटा सानो झगडा भयो । त्यसपछि उहाँहरुलाई नख्खु जेलबाट अन्त सारियो । र, हामी बाँकी रहेकाहरुले जेल विद्रोहको योजनालाई कार्यन्वयन गर्‍ यौं । हामीले त्यसबेला ऐतिहासिक काम गर्‍ यौं । लगभग चाँही ७० फिट लामो सुरुङ  खन्यौं । ३२ दिन लगाएर । अहिलेसम्म जेलको इतिहासमा कहि खनिएको छैन । विश्वमा धेरै वटा जेल ब्रेक भएका छन् तर यति लामो सुरुङ कहिँ पनि खनिएको मैले पढेको छैन ।

कृष्णप्रसाद भट्टराई ,रामहरि जोशी, रामशरण महत, बोधप्रसाद काफ्ले हुनुहुन्थ्यो ।  अरु पनि धेरै नेताहरु थिए । उहाँहरुको राम्रो अंग्रेजी राम्रो थियो । उहाँहरु अंग्रजीमै बोल्नुहुन्थ्यो । हामी कम्यूनिष्टहरु चाहिँ अंग्रजी बोल्न नसक्ने, नजान्ने जस्तो ठानिन्थ्यो । जेलमा आउने पत्रपत्रिका पनि हामीले अंग्रजी नदिने,हिन्दी नेपाली मात्र हामीलाई दिने ।

कतिपयले प्रधानमन्त्री ओलीको अंग्रेजी गुरु तपाईं हो भन्छन् यो कुरा हो ?

त्यसो त भन्दिन तर अंग्रेजी पढ्नमा प्रेरणाचाँही सायद म हुनसक्छु । किनभने उहाँ विशेषगरी राजनीतिक वैचारिक अध्ययनमा फोकस गर्नुहुन्थ्यो । म चाँही विशेषगरी भाषा र एकेडेमिक कुरामा बढी फोकस गर्थे । यस्तो हुनुको कारण के थियो भने कम्यूनिष्ट पार्टीका नेताहरु अपठित, असंस्कृत, गवारहरु भन्ने जस्तो ठान्थे । कम्यूनिष्टहरु शिक्षाका कै कमीले कम्यूनिष्ट भएका हु्न् भन्ने उनीहरु सम्झन्थे । त्यथि बेला हामीसँग नख्खु जेलमा धेरै उच्च तहका नेताहरु हुनुहुन्थ्यो । जस्तो कृष्णप्रसाद भट्टराई ,रामहरि जोशी, रामशरण महत, बोधप्रसाद काफ्ले हुनुहुन्थ्यो ।  अरु पनि धेरै नेताहरु थिए । उहाँहरुको राम्रो अंग्रेजी राम्रो थियो । उहाँहरु अंग्रजीमै बोल्नुहुन्थ्यो । हामी कम्यूनिष्टहरु चाहिँ अंग्रजी बोल्न नसक्ने, नजान्ने जस्तो ठानिन्थ्यो । जेलमा आउने पत्रपत्रिका पनि हामीले अंग्रजी नदिने,हिन्दी नेपाली मात्र हामीलाई दिने । तर मेरो अंग्रजी स्कूल तह देखि नै ठिकै थियो । म झापा जेलमा हुँदा पनि भारतका आउने द स्टेटस्मेन, टाइम्स अफ इण्डिया, द हिन्दू भन्ने अंग्रजी पत्रिकाहरु ल्याएर हामी पढ्थ्यौं । मुस्किलले पढे पनि लेबल बुझ्न सक्ने रहेछु जस्तो लाग्छ त्यति बेला । मैले जेलबाटै आईए पास गरें । विस्तारै विस्तारै बोल्न पनि थालें । कृष्णप्रसाद भट्टराईले अंग्रेजी पढ्न,बोल्न र लेख्न एकदमै सहयोग गर्नुभयो । पछि केपी सहित हामी अंग्रजी पढ्न थाल्यौं । तर जेलमा पढ्ने कुरा भनेको राइजिङ नेपाल मात्र थियो । सबभन्दा माथि द राइजिङ नेपाल, प्रापोन्नो पब्लिको लखेको हुन्थ्यो । त्यो भन्दा तल इडिटर–इन–चिफ मनोरञ्जन जोशीसम्म पढ्ने । यसरी नियमित राइजिङ नेपाल पढ्दै बुझ्दै अंग्रेजीमै कुरा गर्न थाल्यौं ।

पढ्नमा म जति मेहनत गर्थे उहाँले त्यस्तो मेहनत गरेको त देख्दिनथें । तर उहाँ अंग्रेजीमा कुरा गर्न धेरै प्रयत्न गर्ने । जसले गर्दा उहाँको सिकाइको रफ्तार एकदम छिटो हुन्थ्यो । त्यसबेला अगेन्सटलाई अग्नेष्ट भन्ने, अनाइहिलेसनलाई अनिहिलेसन भन्ने । त्यस्तो मिस्टेक हुँदा एक अर्कालाई कसरी करेक्सन गर्ने भन्ने पनि हामी छलफल गथ्र्यौं । उहाँ मैले अंग्रेजी पढेको मन पराउनुहुन्थ्यो । उहाँ आफैं पनि खुब प्राक्टिस गर्नुहुन्थ्यो । जस्तो म भएँ, बुद्धिबहादुर रायमाझी, प्रभातकृष्ण पौडेलले अंग्रजी मै फोकस भएर पढेका छौं । तर प्रधानमन्त्री ओलीको सिक्ने क्षमताचाँही अद्भुत थियो । त्यसो हुँदा हामीले सँगै सिक्यौं जेलमा अंग्रेजी । तर मैले जति जेलमा अंग्रेजीम प्रगति गरें । बाहिर आएर गर्न पाइनँ तर उहाँले चाँही जेलमा भन्दा बाहिर आएर धेरै प्रगति गर्नुभएछ ।

तीन वर्षदेखि नेपालको नेतृत्व झापा आन्दोलनले गरेको छ । त्यसबेला झापा आन्दोलनको परिकल्पना जे थियो, अहिले देश त्यता गइरहेको छ कि छैन । त्यसको लक्ष्य हासिल गर्ने दिशामा छ कि छैन ? के लाग्छ यहाँलाई ?

झापा आन्दोलनले एउटा परिवर्तनको सतत् प्रक्रियालाई जीवन्तता र निरन्तरता दिने प्रयत्न गरेको हो । परिवर्तन भन्ने कुराचाहिँ गन्तव्य जस्तो पुगेपछि समाप्त हुने होइन कि यो निरन्तर उच्च स्तरमा प्रतिविम्ति हुने  कुरा हो । यो सामाजिक शृंखला हो । जुन समाजका विभिन्न पक्षमा निरन्तर चलिरहन्छ । त्यो एउटा राजनीतिक शासन व्यवस्था, संस्कृति भयो, आर्थिक सिद्धान्तहरु भयो वर्गीय संरचना भयो । यी सब कुराहरु प्रतिविम्बित हुने र परिमार्जित हुंदै एउटा चाँही उत्कर्ष पाउने प्रक्रिया हो । हामी अहिले झापा आन्दोलनको बाटोमा छौं । त्यसको आदर्शमा छौं र कम्तीमा पनि झापा आन्दोलनले तय गरेको बाटोबाट विमुख भएका छैनौं । अझ अहिले त देशको नेतृत्व त्यही झापा आन्दोलनको सुरुवातकर्ताले गर्नुभएकोले झापा आन्दोलनको लक्ष्यबाट हाम्रा कार्यक्रम,योजना र लक्ष्यहरु तलमाथि हुन्छन् भन्ने कुरा कल्पना समेत गर्न सकिदैन ।