अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगान वायु सेनाको हेलिकोप्टर दुर्घटना, ९ जनाको मृत्यु

अफगान वायु सेनाको हेलिकोप्टर दुर्घटना, ९ जनाको मृत्यु


काबुल- अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

बुधबार राति वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परी चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

गत नोभेम्बरमा पूर्वी प्रान्त नान्ग्राहरमा सेना हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका १० सदस्यको मृत्यु भएको थियो ।