अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज १०७ संक्रमित थपिँदा ६० जना डिस्चार्ज

आज १०७ संक्रमित थपिँदा ६० जना डिस्चार्ज


काठमाडौं- नेपालमा आज १०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा १०७ जना थपिएको बताएको हो । ३ हजार २५४ जनाको परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै, गत २४ घण्टामा ६० जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म निको भएकाको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ । मन्त्रालयले हाल १ हजार जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ ।