अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन


काठमाडौं – सरकार र अनशनरत डा। गोविन्द केसीबीच ६ बुदेँ सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा। केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनशन तोडाएका हुन् ।

डा। केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा। केसीको अन्तिम अनशन हुने बताए । उनले भने, “डा। केसीको यो अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यन्वयन प्रक्रिया अघि बढ्छ ।”

डा। गोविन्द केसी र सरकारबीच भएको सहमतिमा डा। केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।