अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तानी प्रधानमन्त्री खानलाई कोरोना संक्रमण

पाकिस्तानी प्रधानमन्त्री खानलाई कोरोना संक्रमण


काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीमा सङ्क्रमणको पुष्टि भएको बताउनुभएको छ ।

६८ वर्षीय प्रधानमन्त्री खान हाल ‘आबासमै अलग्गिएर बस्नुभएको’ स्वास्थ्य मन्त्री फैसल सुल्तानले ट्वीटरमा साझा गर्नुभएको छ ।

राष्ट्रिय क्रिकेट टोलिका पूर्वकप्तान समेत रहनुभएका इमरान खान सन् २०१८ को अगष्टमा चुनाव जितेर प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । दुई दिनअघि मात्रै उहाँले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको बीबीसीले उल्लेख गरेको छ।

महामारीमा पाकिस्तानमा ६ लाख २३ हजार १३५ जना सङ्क्रमित भएका छन् । १३ हजार ७९९ जना सङ्क्रमितको मृत्यु भएको छ ।