अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा आज ७७ जनामा कोरोना पुष्टि

नेपालमा आज ७७ जनामा कोरोना पुष्टि


काठमाडौं- नेपालमा आइतबार कोरोना भाइरसका ७७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७७ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको उल्लेख गरेको छ । पछिल्लो २४ घण्टामा १०६ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म दुई लाख ७१ हजार ९११ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल ९६९ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले हाल ४८ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

हालसम्म तीन हजार १६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा भक्तपुरमा दुई, ललितपुरमा पाँच र काठमाडौंमा ३४ जनासहित ४१ जना सङ्क्रमित थपिएका छन् ।