अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३ हजार ९६३ को पीसीआर गर्दा आज १४५ जनामा कोरोना पुष्टि

३ हजार ९६३ को पीसीआर गर्दा आज १४५ जनामा कोरोना पुष्टि


काठमाडौं- गत २४ घण्टामा देशभर १४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो ३ हजार ९६३ को पीसीआर गर्दा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको उल्लेख गरेको छ ।

यस्तै, आज ९० जना सङ्क्रमित निको भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।

बुधबार काठमाडौं उपत्यकामा ६३ जना संक्रमित थपिएका छन् । आज भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाडौंमा ५३ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल १ हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ६३ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।