काठमाडौं- गत २४ घण्टामा देशभर थप ८९ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ८९ नयाँ संक्रमित थपिएका हुन ।
८९ जनामध्ये अधिकांश संक्रमित काठमाडौं उपत्यकाका हुन् । भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौंमा ५२ जना नयाँ संक्रमित फेला परेका छन् ।
यही अवधिमा ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर ५७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २ लाख ७६ हजार ८३९ जना संक्रमित फेला परेका छन् । यसमध्ये २ लाख ७२ हजार ५३० जना निको भएका छन् ।
प्रतिक्रिया