अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ राजदूत यान्छीद्वारा एण्टी कोभिड खोप मन्त्री त्रिपाठीलाई हस्तान्तरण

चिनियाँ राजदूत यान्छीद्वारा एण्टी कोभिड खोप मन्त्री त्रिपाठीलाई हस्तान्तरण


काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको कोभिड विरुद्धको खोप नेपाल आइपुगेको छ ।

चीनले पहिलो लटमा नेपालाई ८ लाख डोज खोप उपहारको रुपमा उपलब्ध गराएको हो । सो खोप सोमबार बिहान नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको हो ।

खोप ग्रहण गरेपछि मन्त्री त्रिपाठीले यसलाई तत्काल लक्षित जनसंख्यामा वितरण गरिने बताउनुभएको छ । ‘कोभिड १९ भ्याक्सिन एड्भाइजरी कमिटीले बनाएको मापदण्डका आधारमा हामी यसलाई तुरुन्तै वितरण गर्छौं,’ मन्त्री त्रिपाठीले नेपाली बहस डट कमसँग भन्नुभयो ‘लक्षित जनसंख्या तय गरेर यसलाई वितरण गरिनेछ ।’