अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमित बढे, २४ घण्टामा थपिए १४१ संक्रमित

कोरोना संक्रमित बढे, २४ घण्टामा थपिए १४१ संक्रमित


काठमाडौं- गएको २४ घण्टामा नेपालमा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको तुलनामा आज झण्डै दोब्बर संख्यामा कोरोना पुष्टि भएको हो । आइतबार ८९ जना संक्रमित थपिएका थिए ।

मन्त्रालयका अनुसार ३ हजार १२२ जनाको परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो हो । त्यस्तै, आज ८२ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ जना पुगेको छ । यस्तै, हालसम्म ३ हजार २७ जनाको मृत्यु हुँदा अहिले पनि १३४१ जना आइसोलेशनमा रहेका छन् ।