अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंगलबार १६७ जनामा कोरोना संक्रमण

मंगलबार १६७ जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको कुल संख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै २ हजार १४० जनाको आरटीपीसीआर परीक्षण गरेकोमा १६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११५ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ३९० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ९८.४ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको र कोरोनाकै कारणले २४ घण्टामा तीन जनाको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

हालसम्म कोरोना सङ्क्रमणबाट ३ हजार ३० जनाको मृत्यु भएको छ । हाल ५३ जना क्वारेन्टिनमा र एक हजार ३९० जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।