अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महेश बस्नेतको नजरमा माधव नेपालको पालामा एमालेका ६ चित्र

महेश बस्नेतको नजरमा माधव नेपालको पालामा एमालेका ६ चित्र


पाँचथर- नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पूर्वी पहाडी जिल्ला पाँचथरमा आएर माधव नेपालकालिन एमालेको रोचक ढंगले चरित्र चित्रण गर्नु भएको छ ।

युवा संघ नेपालको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले माधव नेपाल महासचिव भएका बेला एमालेको अवस्था कार्यकर्तालाई सम्झाइदिनुभएको हो ।

२०५९ असोज १८ मा राजाले शासन आफ्नो हातमा लिने प्रक्रिया सुरू गरिसकेका थिए । त्यसबेला एमालेले प्रतिगमन भयो भनेर सरकारमा सामेल भएन । शाही कदको विरुद्धमा उत्रियो । ‘तीन महिना नबित्दै प्रतिगमन आधा सच्चियो भनेर माधव कमरेडले पार्टीलाई सरकारमा लैजानुभयो, बस्नेतले भन्नुभयो, ‘त्यो प्रतिगमन कसरी आधा सच्चिएको थियो अहिलेसम्म अनुत्तरित छ ।’

तत्कालिन महासचिव नेपालले ज्ञानेन्द्रको राज्यभिषेकमा दाम चढाएर ढोगेको प्रसंग पनि पाँचथरे जनता माझ नेता बस्नेतले सुनाउनुभयो ।

‘त्यति मात्र होइन राजाले आवेदन खोलेको प्रधानमन्त्रीको पदमा आफूलाई स्वच्छ छविको दाबी गर्दै नेता नेपालले निवेदन हालेर एमालेको शीर त्यती बेलै गिराउनुभयो,’ बस्नेतले भन्नुभयो ।

‘२०५९ मा शाही कदमको सुरुवात भइसकेको थियो । त्यती बेला एमालेले के निर्णय गर्छ भनेर हामी रेडियोको समाचार कुरेर बस्थ्यौँ,’ बस्नेतले भन्नुभयो, ‘बेलुका सात बजेको रेडियो नेपालको समाचारले भन्थ्यो, एमालेले केही निर्णय नगर्ने निर्णय गर्‍यो । ’

माधव नेपाल महासचिव भएका बेला वाइसिएलको विगविगीले जनता अपहरण, यातना र चन्दाको आतंकको मारमा थिए । त्यसबेलामा एमालेको नाम लिन घरमा पनि डराउनु पर्ने अवस्था रहेको बस्नेतले स्मरण गराउनुभयो ।

‘एकबेला यस्तो थियो चिया पसलमा चिया मगाएको कुराबाट मान्छे कुन पार्टीको भनेर पहिचान हुन्थ्यो । चिया पसलेले कस्तो चिया खाने भनेर सोध्धा कालो भन्यो भने माओवादी । सेतो भन्यो भने कांग्रेस । कालो भए पनि हुन्छ सेतो भए पनि हुन्छ भन्यो भने एमाले भनेर चिन्थे ।’

‘२०६३ सालतिर माओवादी ज्यादती उग्र थियो । कतिसम्म भने भान्सामा श्रीमान श्रीमती पनि एमालेको नाम लिन डराउनु पर्ने ’ बस्नेतले भन्नुभयो ‘एमाले भनेको सुनेमा माओवादी कुटिहाल्ने । पार्टीलाई भन्यो भने आफ्नो सुरक्षा आफैँ गर्नुस् भन्दिने ।’

नेता नेपालले एमालेलाई कतिसम्म ढुलमुले गाउँघरका चिया पसलबाट स्पष्ट बस्नेतले बताउनुभयो ।

‘एकबेला यस्तो थियो चिया पसलमा चिया मगाएको कुराबाट मान्छे कुन पार्टीको भनेर पहिचान हुन्थ्यो,’ बस्नेतले भन्नुभयो, ‘चिया पसलेले कस्तो चिया खाने भनेर सोध्धा कालो भन्यो भने माओवादी । सेतो भन्यो भने काँग्रेस । कालो भए पनि हुन्छ सेतो भए पनि हुन्छ भन्यो भने एमाले भनेर चिन्थे ।’

माओवादी शान्ती प्रक्रियामा आएपछि एमालेमा पशुपतिमा जस्तै चारैवटा ढोका खुलेका बस्नेतले बताउनुभयो । ‘२०६३ पछि एमालेमा पशुपति जस्तै चारै ढोका खोलिए । तर ति सबै निस्कने ढोका मात्र थिए । पस्ने थिएनन्,’ बस्नेतले भन्नुभयो, ‘जसले गर्दा संविधानसभाको निर्वाचनमा ३३ सिटमा खुम्चिनु परेको थियो । ’

माधव नेपाल महासचिव भएका बेला कुनै पनि एजेण्डामा स्पष्ट अडान लिन नसकेका कारण एमालेले नपुंसक पार्टीको संज्ञा पाएको बस्नेतले स्मरण गर्नुभयो, ‘संसदमा माओवादी नेता बाबुराम भट्टराईले एमालेको चरित्र चित्रण गर्दै नयाँ पगरी गुथाइदिनुभयो । न पोथी न भाले, नेकपा एमाले ।’

त्यसैगरी, काँग्रेसले एमालेलाई कि माओवादीतिर कि काँग्रेसतिर लाग्नु सुझाउदै एउटा गीत गाएको पनि बस्नेतले पाँचथरका जनतालाई सुनाउनुभयो । त्यतीबेला एमालेको नेतृत्वको अडानविहिनतालाई व्यंग्य गर्दै काँग्रेस एउटा गीत गाउँथ्यो ‘कि लाउ माया मैतिर कि लाउ उहितिर निर नलाउ दुईतिर ।’