अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं भित्रिने नाकामा एन्टीजेन परीक्षण

काठमाडौं भित्रिने नाकामा एन्टीजेन परीक्षण


काठमाडौं- कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परिक्षण गर्ने भएको छ ।

काठमाडौं प्रवेश गर्ने नाकाहरूमा एन्टीजेन परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी)हरूलाई जिल्लाभित्र भेला, सभा जुलुस रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णयसमेत गरेको छ ।

गत २४ घण्टामा देशभर १६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९१९ जनाको पीसीआर गर्दा १६२ जनामा कोरोना पुष्टि भएको हो ।