अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४२१३ को पीसीआर गर्दा आज १५२ जनामा कोरोना पुष्टि

४२१३ को पीसीआर गर्दा आज १५२ जनामा कोरोना पुष्टि


काठमाडौं- गत २४ घण्टामा नेपालमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २१३ जनाको पीसीआर परीक्षण गरिएकोमा १५२ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो ३४ घण्टामा ६५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म २ लाख ७२ हजार ८५१ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर पछिल्लो केही समय यता घट्दै गएको छ । हाल निको हुने दर ९८.३ प्रतिशत छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ३ हजार ३१ जना सङ्क्रमितको मृत्यु भएको छ ।

हाल १ हजार ५७९ जना आइसोलेसनमा र ६३ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ७५ हजार ५४० जनाको पीसीआर परीक्षण गरिएको छ ।