अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी न सरकार न प्रतिपक्षः प्रधानमन्त्रीले लल्कार्ने पाँच कारण

माओवादी न सरकार न प्रतिपक्षः प्रधानमन्त्रीले लल्कार्ने पाँच कारण


बहुमत गुमाउन लागेका प्रधानमन्त्री सधैं निरीह हुन्छन् । आफूलाई समर्थन गर्ने दलले माग गरेका जायज नाजायज शर्त मानेर भए पनि सत्ता टिकाउने अल्पमत उन्मुख प्रधानमन्त्रीको ध्येय हुन्छ । तर नेपाली राजनीतिमा केपी शर्मा ओली यस्ता प्रधानमन्त्रीको रुपमा देखिनुभएको छ । जो आफू अल्पमतमा पर्छु भन्ने जान्दा जान्दै पनि तिम्रो समर्थन चाहिदैन फिर्ता लैजाउ भनेर आफूलाई समर्थन गरेको दललाई लल्कार्दैहुनुहुन्छ ।

आफूविरुद्ध आफ्नै पार्टी नेकपाले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीको सुइँको पाएपछि प्रधानमन्त्री ओलीले ५ पुष,२०७७ संसद विघटन गर्नुभयो । त्यसयता नेपाली राजनीतिमा अनेक आरोह अवरोह उठे बसे । सर्वोच्चले ११ फागुनमा संसद पुनस्र्थापना गरिदियो । त्यो फैसला यस्तो समयमा आइदियो जतिबेला प्रधानमन्त्री ओली आफ्नौ ७० औं जन्मोत्सव मनाउदै हुनुहुन्थ्यो । सर्वोच्चबाट मुद्दा हारेका प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनका कार्यक्रममा कुनै फेरबदल गर्ने र छोट्याउने प्रयत्न गर्नुभएन । बरु अबेरसम्म सांगितिक कार्यक्रम सुनेर मनोरञ्जन लिइरहनुभयो । त्यहाँ उपस्थित नेताहरु अतालिएका तर प्रधानमन्त्री उस्तै स्थिर । मानौं कहीं केही भएकै छैन । त्यसयताका दिनमा प्रधानमन्त्री ओलीलाई कुनै पछुतोभाव,ग्लानी देखिएन । बरु उहाँले आफ्नो कदम सही भएको तर अदालतले अनपेक्षित निर्णय गरेको बताइरहनुभयो । सर्वोच्चको फैसला आएको १२ दिनका बीचमा ओलीलाई पार्टी अध्यक्ष,संसदीय दलको नेता र पार्टीको साधारण सदस्यबाट समेत हटाउने काम प्रचण्ड र माधव नेपालले गर्नुभयो । तर ओलीले यी कदमको वेवास्ता गर्नुभयो ।

यस बीचमा समर्थन जारी राखिदेउ भनेर ओलीले प्रचण्डलाई विन्ती बिसाएर पनि होइन । प्रचण्डलाई लल्कार्दै सक्छौ भने समथर्न फिर्ता लैजाउ भनेर प्रधानमन्त्रीले धावा बोलिरहनु भएको छ ।

जब २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेकपाको एकतालाई भंग गर्दै एमाले र नेकपा माओवादी केन्द्रको रुपमा नै कायम गरिदियो त्यस फैसलालाई ओलीले अपेक्षित भएको प्रतिक्रिया दिनुभयो । २३ फागुनको साँझदेखि नै अब माओवादीले सरकारको समर्थन फिर्ता लिने अनुमान गरियो । माओवादीका केही नेताले २४ फागुनमा सरकारको समर्थन फिर्ता लिने र नयाँ गठबन्धन बनाएर नयाँ सरकार बनाउने घोषणा गरे । तर दिन बित्यो, साता बित्यो, महिना बित्यो, दोस्रो महिना बित्यो ओलीसँग दुस्मनी सम्बन्धमा रहेका माओवादीले उहाँलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन ।

यस बीचमा समर्थन जारी राखिदेउ भनेर ओलीले प्रचण्डलाई विन्ती बिसाएर पनि होइन । प्रचण्डलाई लल्कार्दै सक्छौ भने समथर्न फिर्ता लैजाउ भनेर प्रधानमन्त्रीले धावा बोलिरहनु भएको छ । ३० चैतमा राजधानीमा आयोजित एक कार्यक्रममा त प्रधानमन्त्रीले माओवादीलाई अझ खुला रुपमा चुनौति दिंदै भन्नुभयो, ‘चाहिएको छैन मलाइ तिम्रो समर्थन ,फिर्ता लैजाउ ।’ प्रधानमन्त्रीले अझ अगाडि बढेर आज भन्नुभयो ‘म सँग बहुमत छ । किन राजीनमा दिने । बहुमतबाट हटाउन मन छ भने समर्थन फिर्ता लेउ । चाहिएको छैन मलाइ तिम्रो समर्थन ।’

साविक राजनीतिमा हो भने प्रधानमन्त्री ओलीले प्रचण्डलाई समर्थन कायम राखिदिनुहोस भन्नुहुन्थ्यो होला । प्रचण्ड सरकार अहिल्यै ढाल्छौं भरे ढाल्छौं भन्दै कुर्लनुहुन्थ्यो होला । तर अहिले प्रचण्ड सरकारका बारेमा बोल्नै छोड्नुभयो ।

एकसाता अघि २१ चैत,२०७७ मा पनि प्रधानमन्त्री ओलीले माओावादीलाई उस्तै हुंकार गर्नुभएको थियो । आफ्नो निवास बालुवाटारमा आयोजित कार्यक्रममै ओलीले भन्नुभएको थियो ‘सरकारलाई दिएको समर्थन फिर्ता लिनु मेरो राजिनामा आइहाल्छ नि ।’

अवस्था ठ्याक्कै उल्टो छ । साविक राजनीतिमा हो भने प्रधानमन्त्री ओलीले प्रचण्डलाई समर्थन कायम राखिदिनुहोस भन्नुहुन्थ्यो होला । प्रचण्ड सरकार अहिल्यै ढाल्छौं भरे ढाल्छौं भन्दै कुर्लनुहुन्थ्यो होला । तर अहिले प्रचण्ड सरकारका बारेमा बोल्नै छोड्नुभयो । प्रधानमन्त्री समर्थन फिर्ता लेउ भनेको भन्यै गर्ने ।

१.माओवादी र एमाले अलग अलग भइसका छन् । माओावदीसँगको एकिकरणलाई एमालेको ठूलो पंक्तीले रुचाएका थिएनन् । अब फेरी सत्तामा बस्नका लागि उसको आस गर्नु केपी ओलीको कमजोरी हुन्छ । जसको कारणले देश यो हालतमा जादैछ र उ सँग सत्ताको सहकार्य पनि गर्नु छैन भने उनीहरुसँग आशा गर्नु बेकार छ । माओवादीसँग फेरि सहकार्य खोज्नु पूर्वतिरको बाटो हिंडेर पश्चिमको गन्तव्य बनाउनु जस्तो हो भन्ने कुरा बुझेरै प्रधानमन्त्रीले माओवादीलाई लल्कार्नु भएको हो ।

२. यो संसदले अर्को प्रधानमन्त्रीको विकल्प दिन्छ भन्ने प्रचण्डको तर्क थियो । संसद पुनस्थापना भएको डेढ महिना वित्यो । तर प्रचण्डले संसदलाई त्यो बाटोमा लैजान सक्नु भएन । सक्ने भए विकल्प दिएर अर्को प्रधानमन्त्री बनाउनु पर्दैन ? यो संसदले केपी ओलीको विकल्प दिन्छ भन्नेले त अहिलेसम्म के हेरेर बसेका त ? ओलीको विकल्प छ भनेर सबभन्दा बढी हुंकार गर्ने मान्छे प्रचण्डजी हो । म विकल्प दिन्छु भन्नेलाई त मलाई दिएको समर्थन फिर्ता लैजानुहोस नयाँ सरकार बनाउनुहोस भनेर बुझिने गरी प्रधानमन्त्रीले भन्ने गर्नुभएको हो ।

प्रचण्डले गरेको लिडमा न जनता समाजवादी पार्टी जान्छ न काँग्रेस जान्छ । त्यो कुरा प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ । त्यसकारणले ओलीले माओवादीलाई जनयुद्धकालिन शैलीमा दप्काउनुभएको हो ।

३.एजेण्डा विहिन ढंगले प्रचण्ड केपी ओलीको विपक्षमा लाग्नुभयो । ओलीको विरुद्ध लाग्न त एजेण्डा चाहिन्छ । राजनीति अर्थ चाहिन्छ । एजेण्डा विहीन रुपमा लागेका प्रचण्डले काँग्रेस र जनता समाजवादीको सहयोग कुनै हालतमा लिन सक्ने स्थिती देखिदैन । प्रचण्डले गरेको लिडमा न जनता समाजवादी पार्टी जान्छ न काँग्रेस जान्छ । त्यो कुरा प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ । त्यसकारणले ओलीले माओवादीलाई जनयुद्धकालिन शैलीमा दप्काउनुभएको हो ।

४. प्रचण्डले विश्वासको मत फिर्ता लिनुभयो । त्यसपछि ओली विश्वासको मत लिनुपर्ने अवस्थामा पुग्नुहुन्छ । प्रधानमन्त्रीले राजिनामा पनि गर्न सक्नुहुन्छ अथवा विश्वासको मत लिन पनि सक्नुहुन्छ । विश्वासको मत लिनुभयो भने त सकहिाल्यो । धारा ७६(१) अनुसारको प्रधानमन्त्री कायम हुन्छ उहाँको । तर विश्वासको मत फेल भयो भने ? त्यस्तो अवस्थामा अर्को सरकार नबनेसम्म ओलीले नै सरकार चलाउने हो । अर्को सरकार कुनै हालतमा बन्दैन । किनभने केपी ओलीको विरोधी मात्रै कुरा गरेको भरमा काँग्रेसले प्रचण्डलाई पत्याउदैन । काँग्रेसले एजेण्डा सहितको कुरालाई पत्याउछ । काँग्रेसलाई तत्काल चुनाव जानुछ । चुनाव जित्नुछ । त्यसकारण काँग्रेस एजेण्डामा मात्र जान खोजिरहेको छ । केपी ओलीको व्यक्तिगत विरोध गरेर चुनाव जितिदैन भन्ने उसलाई राम्रोसँग थाहा छ । त्यसकारण एजेण्डा विहिन प्रचण्डको हावामा काँग्रेस लाग्दैन । यस्तो अवस्थामा ओलीले राजिनामा गरेमा अर्को सरकार बन्दैन । ओलीलाई थाहा छ विश्वासको मत लिएर सरकार बलियो बनाउन सकिन्छ । जनता समाजवादी पार्टीले आफूलाई विश्वासको मत दिनेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ । काँग्रेससँग मिलेर सरकार चल्छ । ओलीसँग धेरै वटा बाटाहरु छन् । यी सबै हाम्रा छन् । यसरी हेर्दा ओली छ लेनका सडकमा यात्रारत हुनुहुन्छ प्रचण्ड साँघुरो गल्लीमा हुनुहुन्छ । छ लेनका सडकमा हिडेको सवारी आवाज यसै ठूलो हुने नै भयो ।

राजनीतिलाई सम्भावनाको खेल भन्ने प्रचण्ड सबै विकल्पबाट थाकेपछि ओलीसँग सहकार्य गर्न आउनुभयो भने अचम्म नमान्दा हन्छ । प्रचण्डको प्रधानमन्त्री ओलीसँग अन्तिम विकल्पको प्रस्ताव हुनुक्छ ‘ प्रधानमन्त्री तपाईं नै बन्नुहोस । संयुक्त सरकार चलाउँ । तर अहिले चुनावमा नजाँउ । माओवादीले निशर्त तपाईंलाई समर्थन गर्छ ।

५. राजनीतिलाई सम्भावनाको खेल भन्ने प्रचण्ड सबै विकल्पबाट थाकेपछि ओलीसँग सहकार्य गर्न आउनुभयो भने अचम्म नमान्दा हन्छ । प्रचण्डको प्रधानमन्त्री ओलीसँग अन्तिम विकल्पको प्रस्ताव हुनुक्छ ‘ प्रधानमन्त्री तपाईं नै बन्नुहोस । संयुक्त सरकार चलाउँ । तर अहिले चुनावमा नजाँउ । माओवादीले निशर्त तपाईंलाई समर्थन गर्छ ।

आफूलाई समर्थन गरिरहेका प्रचण्डलाई प्रधानमन्त्रीले यसी लल्कार्ने कारण के होला त भनेर मैले राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता सुमन प्याकुरेल सोधें । प्रचण्ड आफ्नै बुद्धीले विकल्पहिन भएपछि प्रधानमन्त्रीले हुंकारेको प्याकुरेल बताउनुहुन्छ । प्याकुरेलको भनाइमा प्रचण्डले काँग्रेस र जनता समाजवादी दलको मनोविज्ञान नकुझी स्टेप चाल्दा यो अवश्था आएको हो । ‘हाम्रो पार्टीमा द्वन्द्व चरम अवस्थामा पुगको बेला चुनावमा जान पाए हुन्थ्यो भन्ने काँग्रेस र जसपाले बुझेका छन्’ प्याकुरेल भन्नुहुन्छ ‘उनीहरुको अहिलेको पोलिटिक्स भनेकै अविश्वासको प्रस्ताव पनि नहाल्ने प्रधानमन्त्रीमा दावा पनि नगर्ने हो । यो पोलिटिक्स प्रचण्डले बुझ्नु भएको छैन । प्रधानमन्त्रीले बुझ्नु भएको छ । त्यही भएर प्रचण्डलाई हुंकार गर्दैहुनुहुन्छ ।’