काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपछि भेटघाट नै रोकिएका बेला नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ दुई घण्टा वार्ता भएको छ ।
कमलपोखरीस्थित मेरियट होटलमा साँझ ७ बजेदेखि दुई घण्टासम्म वार्ता भएको हो । विवाद समाधानका लागि गठन गरिएको वार्ता टोलीले गृहकार्य गरेको विषयमा छलफल गर्न दुई नेताबीच भेट भएको हो ।
वार्तामा संस्थापन पक्षका नेता ईश्वर पोखरेल र विष्णु पौडेल तथा नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी हुनुहुन्थ्यो ।
भेटपछि अध्यक्ष ओली र नेता नेपालले कुनै प्रतिक्रिया दिनुभएन । भेटमा लिइएको तस्बिरमा अध्यक्ष ओली उत्सुक र नेता नेपाल गम्भीर देखिनुभएको छ ।
भेटघाटका तीन तस्बिरः
प्रतिक्रिया