अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई गंगा चौधरीको प्रश्न : अधिकारको लागि आवाज उठाउने अपराधी, ज्यूँदै मान्छे जलाउने लोकतन्त्रवादी?

सरकारलाई गंगा चौधरीको प्रश्न : अधिकारको लागि आवाज उठाउने अपराधी, ज्यूँदै मान्छे जलाउने लोकतन्त्रवादी?


काठमाडौं– प्रतिनिधि सभा सदस्य गंगा चौधरीले दिनदहाडै छिमेकी देशले सिमा मिचेर आफ्नोे नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउँदासमेत सरकार नबोलेको बताउनुभएको छ ।

बिहीरबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले छिमेकीको सुरक्षाकर्मीले आफ्नो नागरिकलाई तुइनको तार काटी नदीमा खसाल्दा पनि सरकारको एउटा विज्ञप्तिसम्म नआएको बताउनुभयो । ‘अब भन्नुस् राष्ट्रियता कहाँ खोज्ने सभामुख महोदय?,’ उहाँले प्रश्न गर्नुभयो ।

दिनदहाडै ६/६ जनाको हत्या गर्ने व्यक्तिको संरक्षक व्यक्ति राष्ट्रको उच्च ओहदामा रहेको भन्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नुभयो । ‘अन्यायमा परेका जनताले कहिले न्याय पाउलान्?,’ चौधरीले प्रश्न गर्नुभयो ।

अफ्नो समुदायको हक अधिकारको लागि आवाज उठाएकै कारण रेशम चौधरी अपराधीको रूपमा जेलमा रहेको उहाँले बताउनुभयो । ‘आज रेशम चौधरी आफ्ने समुदायको हक अधिकारको लागि आवाज उठाउने अपराधी भए, तर २३ जना जिउँदै जलाउने चाहीँ लोकतन्त्रवादी भए ?,’ उहाँले भन्नुभयो ।

मानवता विरुद्धको अपराध गर्ने अफ्ताब आलमलाई छुटाउन सरकारले प्रपञ्च गरिरहेको चौधरीले बताउनुभयो । यसो भयो भने गरिब र पहुँच नहुनेले कहिल्यै न्याय नपाउने उहाँले बताउनुभयो ।