अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त


बुटवल– लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ ।

पहिलो मुख्यमन्त्रीको रूपमा २०७४ फागुन ३ गते नियुक्त भएका शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा बिहीबार दोस्रो मुख्यमन्त्रीको रूपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुनु भएको हो ।

उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गर्नुभएको हो ।

२४ घण्टाको लागि भन्दै बुधबार प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको मुख्यमन्त्रीको दाबी पेश गर्ने समयभित्र केसीले मात्र दाबी गरेपछि उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।