अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय कमिटी बैठक : राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ मा गर्ने प्रचण्डको प्रस्ताव

केन्द्रीय कमिटी बैठक : राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ मा गर्ने प्रचण्डको प्रस्ताव


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको राष्ट्रिय सम्मेलनका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले पुस ११, १२ र १३ गते सम्मेलन गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।

शनिबार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले राष्ट्रिय सम्मेलन प्रस्ताव गर्नुभएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले पहिले कार्यसूची पारित गरेको उहाँले बताउनुभयो । सुरुमा राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्ने, राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि छलफल गर्न समूह विभाजित गर्ने लगायतका काम भएका छन् ।

राजनीतिक प्रतिवेदन र विधान संशोधन छलफल गर्न केन्द्रीय सदस्यहरूमाझ आठ वटा समूह बनाइएको छ । ‘सांगठतिक एजेन्डामा पार्टी र विभागहरूको कार्यविभाजन हुने छ,’ उहाँले भन्नुभयो, ‘अन्य प्रस्तावित एजेन्डाबारे पनि छलफल हुने छ ।’