अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डको स्वीकारोक्ति : ओलीसँग एक्लै लड्न सकिँदैन, चुनावमा पनि गठबन्धन जरुरी

प्रचण्डको स्वीकारोक्ति : ओलीसँग एक्लै लड्न सकिँदैन, चुनावमा पनि गठबन्धन जरुरी


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा पनि वर्तमान गठबन्धनबीच तालमेल हुन जरुरी रहेको बताउनुभएको छ ।

काठमाडौंमा आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले यस्तो बताउनुभएको हो ।

‘केपी ओलीबिरुद्धको लडाई जित्न तीनै तहको निर्वाचनमा बर्तमान गठबन्धनबीच तालमेल जरुरी छ, यही नीतिअनुसार जानुपर्छ भन्ने प्रस्ताव अध्यक्ष कमरेडले राख्नुभएको छ,’ माओवादीका एक केन्द्रीय सदस्यले भन्नुभयो । उहाँका अनुसार प्रचण्डले आगामी चुनावमा पार्टीलाई प्रमुख शक्ति बनाउन गठबन्धनले सहयोग गर्ने निश्कर्ष पनि सुनाउनुभएको छ ।

आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने समेत योजना अघि सार्नुभएको छ ।

यस्तै, माधव नेपाललाई उक्साएर एमालेबाट अलग गराई ओलीबाहेकका कम्युनिस्टहरूको एकीकरण गर्ने प्रस्ताव अघि सार्नुभएको छ ।