अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानका नेपाली फर्काउन पहल नगरेको भन्दै एमालेद्वारा सरकारको आलोचना

अफगानिस्तानका नेपाली फर्काउन पहल नगरेको भन्दै एमालेद्वारा सरकारको आलोचना


काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेको छ ।

एमाले विदेश विभागका प्रमुख डा। राजन भट्टराईले ले अन्य मुलुकहरुले आफ्ना नागरिक फर्काउन थालिसकेको भन्दै सरकार अनुत्तरदायी बनेको आरोप लगाउनुभयो ।

भट्टराईले आफ्नो वक्तव्यमा भनेका छन्, ‘अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ रु कि परमादेशबाट आएकालाई मिल्छ रु’

अफगानिस्तानको राजधानी काबुलबाहेकका शहर तालिवान विद्रोहीको नियन्त्रणमा गइसकेका छन् । धेरै मुलुकहरुले आफ्ना देशका नागरिक धमाधम फिर्ता लगिरहेका छन् ।