अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको केन्द्रीय समिति बैठक सुरू, यस्ताे छ कार्यसूची

माओवादीको केन्द्रीय समिति बैठक सुरू, यस्ताे छ कार्यसूची


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि सुरू भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो ।

माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरूपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने कार्यसूची छ ।

अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । समूहका नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन् ।

यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो । बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानकाबारेमा छलफल भएको बताइएको छ ।