अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावल र विष्णु पौडेलबीच एमाले एकताबारे छलफल

भीम रावल र विष्णु पौडेलबीच एमाले एकताबारे छलफल


काठमाडौं– नेकपा (एमाले) को आन्तरिक एकतालाई सबल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ ।

पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गर्नुभएको थियो ।

महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरूसँग पनि संवाद गर्दै आउनुभएको उहाँका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिनुभयो । प्रतिनिधिसभाको विघठन, सर्वाेच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ ।

अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्नसक्ने जनाए पनि सो पक्षकै कतिपय नेताहरू विभाजनको विपक्षमा उभिनुभएको छ ।