अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा जिरो भइरहनुभएको छ : गोकुल बाँस्कोटा

प्रधानमन्त्री देउवा जिरो भइरहनुभएको छ : गोकुल बाँस्कोटा


काठमाडौं– नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अफगानिस्तानमा भएका नेपालको उद्धार गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले अफगानिस्तानमा भएका नेपालीको उद्धार गर्न सरकार उदासिन भएको बताउनुभएको हो ।

‘आज हाम्रो प्रधानमन्त्री, हाम्रो सरकार अफगानिस्तानमा संकटमा परेका नेपालीहरूले आफ्नो देश छ, आफ्नो देशका सरकार छ । र, त्यहाँबाट हाम्रो सुरक्षाको निम्ती पहलकदमी हुन्छ भन्ने थाहा पाएनन्,’ सांसद बाँस्कोटाले भन्नुभयो, ‘हामी यसप्रकारको गैरजिम्मेवारी र अनउत्तरदायी सरकार यो होला भनेर कल्पना गरिरहेका थिएनौँ ।’

पूर्वमन्त्रीसमेत रहनुभएका बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवा अहिले ‘जिरो’ भइरहनुभएको पनि उल्लेख गर्नुभयो ।

‘गठबन्धनले हिरोको रूपमा परिभाषित गरेका प्रधानमन्त्री आज जिरो भइरहनुभएको छ । हामीले थाहा पाएनौँ, नेपाल राष्ट्रले थाहा पाएन, नेपाली जनताले थाहा पाएन । र, उहाँले आफ्ना समक्षहरूसित पनि अफगानिस्तानको घटना के हो क्रान्ति हो? प्रतिक्रान्ति हो? हिंसा हो? आक्रमण हो? प्रतिक्रामण हो? हस्तक्षेप हो? प्रतिहस्तक्षेपका अनन्त श्रृंखलाहरूले थिलथिलो र खण्डहर भएको हो?,’ उहाँले भन्नुभयो, ‘त्यहाँ जनताका सुख समृद्धि, लोकतन्त्र, आदि माथिको समस्या हो? के हाम्रो देशको कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र हाम्रो परराष्ट्रियीय कुनै दृष्टिकोण छैन?’