अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताले ‘वी मिस केपी ओली’ भनिरहेका छन् : महेश बस्नेत

जनताले ‘वी मिस केपी ओली’ भनिरहेका छन् : महेश बस्नेत


काठमाडौं– नेकपा एमालेका सांसद महेश बस्नेतले अहिले देशमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीको अभाव खड्किरहेको बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठको शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद बस्नेतले वर्तमान सरकारले अघिल्लो सरकारका कामबाट केही सिक्नुपर्नेसमेत बताउनुभयो । उहाँले अहिले पनि जनताले ‘वी मिस केपी ओली’ भनिरहेका समेत उल्लेख गर्नुभयो ।

‘अघिल्लो सरकारले चाइनाको वुहानबाट चाहे विद्यार्थीको उद्धार गर्ने कार्य होस् चाहे अफगानिस्तानमा सुसाइड बमबाट हत्या भएका १२ जना र २४ जनाको उद्धार गर्ने क्रममा जुना खालको भूमिका खेल्यो त्यो कुराबाट यो सरकारले सिक्नु आवश्यक छ,’ सांसद बस्नेतले भने, ‘वर्तमान समयमा जनताले वी मिस केपी ओली भनिरहेका छन् ।’

उहाँले सरकारलाई जनताप्रति उत्तरदायी हुन पनि आग्रह गर्नुभयो ।

साथै, सांसद बस्नेतले सरकारलाई तीन प्रश्न पनि गर्नुभयो । ‘अफगानिस्तानमा अलपत्र परेका १५ हजार नेपालीलाई फिर्ता ल्याउने कुरामा सरकारले किन ढिला गरिरहेको छ? अनलाइन फर्म भरेर समिति बनाएर सरकार पन्छिन मिल्छ? जयसिंह धामी प्रकरणमा गठित १० दिने आयोग कहाँ बेपत्ता भएको छ जनताले खोजिरहेका छन्,’ उहाँले सरकारलाई प्रश्न गर्नुभयो ।