काठमाडौं– दैलेखका नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटभाट गर्नुभएको छ । भेटमा अध्यक्ष ओलीले उहाँहरूलाई पार्टी छाड्न खोज्नेहरूलाई छाडेर र आउनेहरूलाई स्वागत गरेर अघि बढ्न निर्देशन दिनुभयो ।
‘पार्टीमा आउनेलाई उचित भूमिका दिएर अघि बढ्नुस्, छाड्नेहरूले जबरजस्ती रोक्न सकिँदैन,’ उहाँले भन्नुभयो ।
आज एमालेका दैलेख इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सहइन्चार्ज विष्णु रिजाल, जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, जिल्ला समन्वय समिति प्रमुख प्रेम थापा, टाटिकाध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलगायत नेताले अध्यक्ष ओलीसँग भेटघाट गर्नुभएको थियो ।
प्रतिक्रिया