अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते

धादिङमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते


धादिङ- ​पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा गएराति (सोमबार) बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

काठमाडौंतर्फ जाँदै गरेको बा३ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । नौ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र तीन जनाको धादिङको गल्छीस्थित बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।